सातदोबाटोमा रोकेर राखेको बसमा आगलागी « Khabarhub

सातदोबाटोमा रोकेर राखेको बसमा आगलागी


३ कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

पाटन– ललितपुरको सातदोबाटोमा रोकेर राखिएको सार्वजनिक बसमा आगलागी भएको छ ।

ललितपुर महानगरपालिका–१५ सातदोबाटो चोक नजिक रोकेर राखेको अवस्थामा आज अपराह्‍न चक्रपथमा चल्ने  महानगर यातायातको  बा४ख १०६ नंको बसमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय ललितपुरका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक रवरत्न पौडेलले दिए।

सातदोबाटोबाट ग्वार्कोतर्फ जाँदै गरेको बस ‘बस पाकेट’मा रोकेर राखिएको अवस्थामा अचानक तार ‘सट’ भई आगलागी  भएको उनले जानकारी दिए ।

बसमा आगलागी  भएको खबर प्राप्त हुनासाथ प्रहरी टोली र ललितपुर महानगरपालिकाका दुईवटा दमकल प्रयोग गरेर आगो निभाइएको थियो । आगलागीबाट बस पूर्ण रूपमा क्षति भएको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०८१, शनिबार  ६ : १४ बजे

रास्वपाले भन्यो : सभापति छुटेपछि पार्टीको काममा फर्किनुहुनेछ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उच्च अदालत तुलसीपुरको बुटवल इजलासले

चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह

काठमाडौं– ललितपुरको ढोलाहिटीबाट गत मङ्सिर २१ गतेदेखि बेपत्ता १६ वर्षीय

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन)

स्वास्थ्यमन्त्री शर्मा र डब्लुएचओका महानिर्देशकबीच भारतमा भेटवार्ता 

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतम र

निजी क्षेत्रको मनोबल माथि उठाउनु आजको आवश्यकता : अध्यक्ष ढकाल

नवलपुर– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको आर्थिक