१० ओभरको समाप्तिमा नेपालले दुई विकेट गुमायो « Khabarhub

१० ओभरको समाप्तिमा नेपालले दुई विकेट गुमायो


४ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


498
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालले अमेरिकाविरुद्धको टी-२० आई सिरिजअन्तर्गत अहिले दोस्रो खेलमा अहिले ब्याटिङ गरिरहेको छ। नेपालले १० ओभरको समाप्तिमा ओपनरद्वय आशिफ शेख र अनिल साहलाई गुमाएको छ।

शेख चार बल खेलेर मात्र एक रन जोड्दै आउट भए भने साहले ३१ बलको सामना गर्दै २५ रन जोडे। उनले दुई चौका र एक छक्का प्रहार गरे। नेपालले एक खेल अघि नै सिरिज जित्ने लक्ष्यका साथ मैदानमा छ।

तीन खेलको टी-२० आई सिरिजमा नेपालले पहिलो खेलमा शुक्रबार अमेरिकालाई १७ रनले पराजित गरेको थियो।अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरी स्टेडियममा दोस्रो खेल जारी छ।

यसअघि अमेरिकाले भिसा नदिएर रोकिएका सन्दीप लामिछानेसमेत शुक्रबार भिसा पाएपछि अमेरिका उडिसकेका छन्। यद्यपि आजको खेलमा सन्दीप सहभागी छैनन्। रोहितकुमार पौडेलको कप्तानीमा नेपालको प्लेइङ-११ मा अनिल शाह, आशिफ शेख, कुशल भुर्तेल, आरिफ शेख, गुल्सन झा, दीपेन्द्रसिंह ऐरी, करण केसी, सोमपाल कामी, रिजन ढकाल र सागर ढकाल समावेश छन्।

पहिलो खेलमा नेपालले निर्धारित २० ओभरको खेलमा नौ विकेट गुमाएर एक सय ६४ रन बनाएको थियो।

 

प्रकाशित मिति : ४ कार्तिक २०८१, आइतबार  ६ : ४१ बजे

परराष्ट्रमन्त्री स्वदेश फर्कँदै, विमानस्थलमै प्रेस ब्रिफिङ

काठमाडौँ – संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भई परराष्ट्रमन्त्री शिशिर

बागलुङमा बाढीपहिरो : ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

बागलुङ– यही असोज ९ गतेदेखि ११ गतेसम्म आएको अविरल वर्षाका

५५ वर्ष पुगेका कर्मचारीलाई बिदा दिने विधेयक संसद्‍मा जाँदै : के छ प्रावधान ?

काठमाडौँ – सरकारले निजामती कर्मचारीको उमेर ५५ वर्ष वा सेवा

एसियाली खेलकुद : गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा

काठमाडौँ– बीसौँ एसियाली खेलकुदअन्तर्गत गल्फ र जुडोमा नेपालले आजदेखि प्रतिस्पर्धा

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश आइपुग्दै

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल आज स्वदेश आइपुग्दै छन् । संयुक्त