१० ओभरको समाप्तिमा नेपालले दुई विकेट गुमायो « Khabarhub

१० ओभरको समाप्तिमा नेपालले दुई विकेट गुमायो


४ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


498
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालले अमेरिकाविरुद्धको टी-२० आई सिरिजअन्तर्गत अहिले दोस्रो खेलमा अहिले ब्याटिङ गरिरहेको छ। नेपालले १० ओभरको समाप्तिमा ओपनरद्वय आशिफ शेख र अनिल साहलाई गुमाएको छ।

शेख चार बल खेलेर मात्र एक रन जोड्दै आउट भए भने साहले ३१ बलको सामना गर्दै २५ रन जोडे। उनले दुई चौका र एक छक्का प्रहार गरे। नेपालले एक खेल अघि नै सिरिज जित्ने लक्ष्यका साथ मैदानमा छ।

तीन खेलको टी-२० आई सिरिजमा नेपालले पहिलो खेलमा शुक्रबार अमेरिकालाई १७ रनले पराजित गरेको थियो।अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरी स्टेडियममा दोस्रो खेल जारी छ।

यसअघि अमेरिकाले भिसा नदिएर रोकिएका सन्दीप लामिछानेसमेत शुक्रबार भिसा पाएपछि अमेरिका उडिसकेका छन्। यद्यपि आजको खेलमा सन्दीप सहभागी छैनन्। रोहितकुमार पौडेलको कप्तानीमा नेपालको प्लेइङ-११ मा अनिल शाह, आशिफ शेख, कुशल भुर्तेल, आरिफ शेख, गुल्सन झा, दीपेन्द्रसिंह ऐरी, करण केसी, सोमपाल कामी, रिजन ढकाल र सागर ढकाल समावेश छन्।

पहिलो खेलमा नेपालले निर्धारित २० ओभरको खेलमा नौ विकेट गुमाएर एक सय ६४ रन बनाएको थियो।

 

प्रकाशित मिति : ४ कार्तिक २०८१, आइतबार  ६ : ४१ बजे

दलहरूलाई समानुपातिक बन्द सूची बुझाउने चटारो, यस्तो छ आयोगको माहोल (तस्बिरहरू) 

काठमाडौँ– २१ फागुनमा हुने निर्वाचनका लागि समानुपातिकतर्फको बन्द सूची बुझाउने

रमेश लेखकले भने : जेन-जी आन्दोलनमा बल प्रयोग गर्न आदेश दिएको थिइनँ, घटनाको नैतिक जिम्मेवारी लिन्छु

काठमाडौं- तत्कालीन गृहमन्त्री रमेश लेखक जेन-जी आन्दोलनका क्रममा भएको घटना

यस्तो छ रमेश लेखकले आयोगमा दिएको ६ पृष्ठको लिखित बयान

काठमाडौं- गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका

गाजामा आँधीका कारण जनजीवन जोखिममा, उद्धार कार्य प्रभावित

एजेन्सी– गाजा क्षेत्रमा आएको भीषण आँधीबेहरीका कारण एक बालक र