तपाईंको स्वभाव कस्तो छ ? साहिँली औंला हेरेर पत्ता लगाउन सकिन्छ « Khabarhub

तपाईंको स्वभाव कस्तो छ ? साहिँली औंला हेरेर पत्ता लगाउन सकिन्छ


१२ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

हस्तरेखा तथा जन्म मितिका आधारमा भविष्यफल हेरिँदै आइएको छ । हामी धेरथोर त्यसमा विश्वास पनि गर्छौं । यदि यी कुरामा विश्वास गर्नुहुन्छ भने अर्को एक तथ्यसमेत फेला परेको छ । मनुष्यको हातको साहिँली औंलाको आकारले व्यक्तिको स्वभाव बताउन सक्ने कुरा पत्ता लागेको हो ।

ब्यक्तिको हात तीनभागमा विभाजित हुन्छ । यी तीन प्रकारका हातका साहिँली औंलोको लम्बाइले तपाईंको स्वभाव निर्धारण गर्न सक्छ । हामी यहा साहिँली औंलाको लम्बाईअनुसार तपाईको स्वभावको चर्चा गर्दैछौँ, जसअनुसार तपाईं आफ्नो र साथीभाइको औंला हेरेर कस्तो व्यक्तित्व छ, त्यसबारे पत्ता लगाउन सक्नुहुन्छ ।

१) यदि तपाईंका हातको साहिँली औंला, चोरी औंलाभन्दा ठूलो छ भने तपाईं जोखिमसंग खेल्न मन पराउने स्वभावको हुनुहुन्छ । तपाईंको ब्यक्तित्व आर्कषक र सुमधुर हुन्छ । तपाईंलाई सहजै मानिसहरुले मन पराउँछन् । तर कुनैकुनै बेला तपाई आक्रमक हुने हुँदा आफैलाई त्यसले असर गर्न सक्छ । तपाईं आफ्ना सहकर्मीको तुलनामा धेरै धन कमाउनुहुन्छ ।

२) यदि तपाईंको हातको साहिँली औंला, चोरी औंलाभन्दा सानो अर्थात छोटो छ भने तपाईं एक्लै बस्न मन पराउने स्वभावको हुनुहुन्छ । यसको असर तपाई‌ंको प्रेम जीवनमा समेत पर्दछ, मन परेको मानिसलाई भन्न नसक्नु तपाईंको ठूलो कमजोरी हुन्छ । तपाईं आत्मकेन्द्रीत भएकाले आफू एक्लैमा रमाउनु हुन्छ । तपाईंलाई अरुले बोलाएको ठाउँ वा भिडमा जान मन पर्दैन ।

३) यदि तपाईंको हातको साहिँली औंला, चोरी औंला बराबर छ भने तपाईंहरु शान्ति प्रिय हुनुहुन्छ । तपाईं आफू शान्त बस्न रुचाउँनु हुन्छ । तपाईंको स्वभाव राम्रो हुने भएकाले दुई पक्ष्ँबीचको मध्यस्थकर्ताको भूमिकामा तपाईं विश्वास पात्र हुनुहुन्छ । आफ्नो साथीलाई समेत तपाईं अत्यन्त प्रेम गर्ने स्वभावको हुनुहुन्छ । साथै भावनात्मक रूपमा स्थिर रहने भएकाले तपाईं हत्तपत्त प्रतिक्रिया जनाउनु हुन्न ।

प्रकाशित मिति : १२ भाद्र २०७६, बिहीबार  ४ : १९ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै