आजका समाचार : रविलाई ६ दिन हिरासत, ट्राफिक नियम उल्लङ्घ गर्नेलाई डिजिटल चिट | Khabarhub Khabarhub

आजका समाचार : रविलाई ६ दिन हिरासत, ट्राफिक नियम उल्लङ्घ गर्नेलाई डिजिटल चिट


४ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


333
Shares
  • change font
  • change font
  • change font

राहत र पुनः स्थापनाका लागि सरकारले प्रभावकारी काम गरिरहेको छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी, पहिरो र डुबानपछिको अवस्थामा राहत र पुनः स्थापनाका लागि सरकारका तर्फबाट गर्नुपर्ने काममा कुनै कमी नहुने स्पष्ट गराएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सिन्धुली जिल्ला कमिटीले हालैको बाढी, पहिरो र डुबानका कारण भएको जनधनको क्षतिका सम्बन्धमा आज प्रधानमन्त्री निवास, बालुवाटारमा दिएको ध्यानाकर्षण पत्र बुझ्दै प्रधानमन्त्री ओलीले पछिल्ला मन्त्रिपरिषद्का बैठक र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्का बैठकबाट समय तालिका तोकेर राहत र पुनः स्थापनाका काम प्रभावकारी रूपमा अघि बढाउन निर्णय गरिएको जानकारी गराए ।

प्रधानमन्त्री ओलीसँग चिनियाँ नेताको भेटवार्ता

वर्तमान सरकार प्रविधियुक्त प्रशासन बनाउन केन्द्रित छ : गृहमन्त्री लेखक

मन्त्री रमेश लेखकले राज्यका तर्फबाट प्रदान गरिने सम्पूर्ण सेवालाई प्रविधिमैत्री बनाउँदै लगिने बताएका छन् ।

काठमाडौं उपत्यका ट्राफिक कार्यालयमा आज आयोजित ‘इ–चलान’ (डिजिटल चिट) शुभारम्भ गर्दै उनले सबै नागरिकलाई सरल, सुलभ र पारदर्शी तथा झण्झटिलो र जटिलतारहित ढङ्गबाट सेवा प्रवाह गरिने बताए।

सवारी चालकलाई ‘डिजिटल चिट’ दिने प्रणाली सुरु (तस्बिरहरू)

मन्त्री सिंहका १०० दिन : धरहरा सञ्चालन, २५ पालिकाको प्रशासकीय भवन निर्माण

उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले आफूले मन्त्रालय सम्हालेको एक सय दिनको काम र आगामी योजना सार्वजनिक गरेका छन् ।

आज मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरी उनले सार्वजनिक गरेको विवरणमा एक सय दिनमा धरहरा सञ्चालनदेखि मन्त्री आवास र २५ वटा स्थानीय तहको प्रशासकीय भवन निर्माण गरिएको उल्लेख छ । मन्त्रालयले उक्त अवधिमा लिइएका ११ वटामध्ये आठ लक्ष्य हासिल भइसकेको र तीन वटा योजना चालु अवस्थामा रहेको जनाएको छ ।

सहरी विकास मन्त्रालयद्वारा देशभर ७ वटा स्वास्थ्य भवन निर्माण

सरकारद्वारा नागरिक उड्डयन क्षेत्रको अध्ययन गर्न समिति गठन

सरकारले नेपालको नागरिक उड्डयन क्षेत्रको समष्टिगत अध्ययन गर्न उच्चस्तरीय अध्ययन तथा सुझाव समिति गठन गर्ने निर्णय गरेको छ ।

कार्तिक २ गते बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आइतबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले नेपालको नागरिक उड्डयन क्षेत्रको समष्टिगत अध्ययन एवं विश्लेषण गरी सुरक्षित, भरपर्दो र विश्वसनीय नागरिक उड्डयन प्रणालीको विकास गर्न एक उच्चस्तरीय अध्ययन तथा सुझाव समिति गठन गर्ने र समितिको कार्यकर्ता स्वीकृत गर्ने निर्णय गरेको जानकारी दिए ।

समाजमा एकरूपता ल्याउनका लागि समावेशी अभ्यास अपरिहार्य : सञ्चारमन्त्री गुरुङ

 

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले विविधतायुक्त समाजमा एकरूपता ल्याउन समावेशी अभ्यास अपरिहार्य रहेको बताएका छन् । उनले समावेशी अभ्यास बलियो हुँदा समाजमा सबै वर्गले अपनत्व महसुस गर्न पाउने बताए ।

सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले शान्त, समृद्ध, सुसभ्य, र विवादरहित समाज निर्माण गर्न समावेशिता जरुरी रहेको उल्लेख गरे ।

रविलाई ६ दिन हिरासतमा राख्न अदालतको अनुमति

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतले ६ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

सहकारी ठगी र सङ्गठित अपराधमा अनुसन्धानका लागि पक्राउ परेका उनलाई ६ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

रवि लामिछानेको बयान सकियो, ५ दिनको म्याद थप्न माग

रविको आरोप – सबैभन्दा ठूलो भ्रष्टाचारको जगमा केपी ओली !

अदालतको ढोकाबाट रविले भने, ‘ओली सरकार नढलेसम्म देशले दु:ख पाउँछ’

रवि पक्राउको विरोधमा दिनभर तनावग्रस्त पोखरा (तस्बिरहरू)

चित्रबहादुर केसी भन्छन्- लामिछानेको पक्राउ सही छ

पशुपतिको बेथितिबारे जागरण अभियानले जानकारी गरायो मन्त्री पाण्डेलाई

सनातन धर्मलाई कमजोर बनाउने उद्देश्यले पशुपति परिसर भित्र बाइबल वितरण भएको हिन्दुराष्ट्र स्वाभिमान जागरण अभियानले बताएको छ ।

सनातन धर्मको मुख्य धरोहर पशुपतिनाथको प्राङगणमा इसाई धर्म प्रचार हुँदा पशुपति क्षेत्र विकास कोष आँखामा पट्टी बाँधेर बसेको अभियानको आरोप छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान र अभियोजन तीव्र पार्ने निर्णय

सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी निर्देशक समितिको बैठकले अनुसन्धान र अभियोजनलाई तीव्र पार्ने निर्णय गरेको छ ।

निर्देशक समितिको आज बसेको बैठकले सम्पत्ति शुद्धीकरण सम्बन्धी नियमनकारी निकायहरूले अनुसन्धान र अभियोजनको विषयलाई तीव्र पार्ने निर्णय गरेको हो।

जलनका बिरामीको निःशुल्क उपचार गर्ने सरकारको निर्णय

अब जलनका बिरामीहरूको सरकारी अस्पतालमा निःशुल्क उपचार हुने भएको छ ।

गत शुक्रबार कार्तिक २ गते बसेको मन्त्रिपरिषद बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले प्रस्ताव गरेको जलनपीडितको उपचार निःशुल्क बनाउने प्रस्ताव पारित गरेको हो ।

अर्थसंक्षेप : २ महिनामा बैंकिङ क्षेत्रले कमायो २० अर्ब बढी नाफा, तनहुँ जलविद्युत आयोजनाको आधा काम सकियो

अन्तर्राष्ट्रिय…

इजरायलको आक्रमण : गाजामा ७३ जनाको मृत्यु

खाली गर्ने चेतावनीपछि बेरुतमा इजरायली आक्रमण

अमेरिकाले इजरायली गोप्य योजना चुहावटको अनुसन्धान गर्ने

खेलकुद…

बोर्नमाउथसँग २-० ले पराजित हुँदा आर्सनललाई उपाधि यात्रामा धक्का

एक खेल अगाडि सुपर ओभरमा नेपालले उचाल्यो अमेरिकाविरुद्धको सिरिज

नेपाल र अमेरिकाको सनसनीपूर्ण खेल सुपर ओभरमा

एक वर्षपछि मैदानमा फर्किँदै नेयमार

नेपाल फर्किँदै साम्बा

प्रकाशित मिति : ४ कार्तिक २०८१, आइतबार  ८ : ०० बजे

‘कर्णालीलाई भूगोलले होइन, राजनीतिले ठगेको हो’

विनिता कठायत जुम्लाबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समानुपातिक सांसद् हुन्

बाँके राष्ट्रिय निकुञ्जमा सूचना केन्द्र स्थापना गरिँदै

नेपालगन्ज– बाँके राष्ट्रिय निकुञ्जले आगन्तुक सूचना केन्द्र स्थापना गर्ने भएको

मिथिलाञ्चलमा मनाइयो करबाचौथ पर्व

महोत्तरी– महोत्तरी जिल्लासहित सम्पूर्ण मिथिलाञ्चलमा आइतबार राति चन्द्रमासँगै पतिको पूजा

केही भूभागमा सामन्य वर्षादेखि हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इजरायलको आक्रमणमा मारिनेको संख्या १८ सय नाघ्यो

बेरुत – लेबनानको स्वास्थ्य मन्त्रालय अनुसार इजरायलको आक्रमणबाट मारिनेको सङ्ख्या