चिया निर्यात बढ्यो, अलैँची घट्यो « Khabarhub

चिया निर्यात बढ्यो, अलैँची घट्यो


५ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

झापा– मेची भन्सार कार्यालयबाट आर्थिक वर्ष २०८१–८२ को पहिलो त्रैमासिकमा चिया निर्यात ३६ प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कानुसार तीन महिनामा ६ हजार चार सय २६ दशमलव ७६ मेट्रिक टन चिया निर्यात भएको हो ।

चिया निर्यातको परिमाणसँगै यसको मूल्य ५० दशमलव ८८ प्रतिशतले बढेको मेची भन्सार कार्यालयका सूचना अधिकारी गणपति कँडेलले जानकारी दिए । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा एक अर्ब ७१ करोड ४० लाख ३१ हजार बराबरको चिया निर्यात भएको छ । आव २०८०–८१ को सोही अवधिमा एक अर्ब १३ करोड ५९ लाख ९४ हजार बराबरको चिया निर्यात भएको थियो ।

भारतमा चिया उत्पादनमा कमी आएसँगै नेपालबाट चियाको निर्यात बढेको नेपाल चिया उत्पादक सङ्घका अध्यक्ष आदित्य पराजुलीले जानकारी दिए । चिया निर्यातमा सरकारले सहजीकरण गरिदिने हो भने भारतमा माग बढेकाले चियाको निर्यात अझै बढ्ने अध्यक्ष पराजुलीको दाबी छ ।

कार्यालयको तथ्याङ्कानुसार चालु आव २०८१–८२ को पहिलो त्रैमासिकमा अलैँचीको निर्यातमा ४९ प्रतिशतले गिरावट आएको छ । चालु आर्थिक वर्षको तीन महिनामा सात सय ८३ दशमलव ७५ मेट्रिक टन अलैँची निर्यात भएको छ । आव २०८०–८१ को सोही अवधिमा एक हजार पाँच सय २५ दशमलव ९६ मेट्रिक टन अलैँची निर्यात भएको थियो ।

कार्यालयको तथ्याङ्कानुसार प्लाइउड, अम्रिसो र भेनीयर सिटको परिमाण क्रमशः २५, ३९ र एक सय ६६ प्रतिशतले वृद्धि भएको छ । यसैगरी अदुवा, छुर्पी, फलाम, तरकारीलगायत वस्तुको निर्यातमा कमी आएको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०८१, सोमबार  ८ : ५९ बजे

कम्पनी दर्तासम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं – स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु), नेपाल ल क्याम्पसको आयोजनामा

बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध

बागलुङ – अविरल वर्षाका कारण ठाडोखोलामा आएको बाढीले मध्यपहाडी लोकमार्गको

पाल्पामा पहिरोको वितण्डा : दुई घर भत्किए, एक महिला बेपत्ता

पाल्पा– अविरल वर्षासँगै आएको पहिराले पाल्पामा ठूलो क्षति पुर्‍याएको छ

पोप लियो फ्रान्समा, एआईदेखि युरोपको भविष्यसम्म छलफल हुने

पेरिस- पोप लियो चौधौँ शुक्रबार फ्रान्स पुगेका छन् । गत वर्ष