निर्माता शाहीलाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति « Khabarhub

निर्माता शाहीलाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति


१२ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  काठमाडौं जिल्ला अदालतले चलचित्र निर्माता तथा वितरक गोविन्द शाहीलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ । अदालतले यसअघि दुईपटक अनुसन्धानका लागि भन्दै २/२ दिन थप गरी अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति दिएको थियो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दका अनुसार उनीमाथि थप अनुसन्धान भइरहेको छ । पक्राउ परेका निर्मातालाई  चलचित्र ‘लिलिबिली’ बाट प्राप्त नाफा नदेखाएको भन्दै चलचित्रका निर्माता सुदीप खड्काले उजुरी दिएका थिए ।

निर्देशक मिलन चाम्स र निर्माता सुदीप खड्काले शाहीले फिल्मको नाफा हिनामिना गरेको आरोप लगाउँदै आएका छन् । तर,  शाहीले भने आफूले हिनामिना नगरेको बरु उल्टो आफूले लिन बाँकी रहेको दाबी गर्दै आएका छन् ।

शाहीलाई निर्माता खड्काले गतवर्ष नै उजुरी दिए महानगरीय प्रहरी महाशाखाको टोलीले भदौ ४ गते प्रकाउ गरेको थियो ।

अपराध महाशाखाले शाहीमाथि थप अनुसन्धानका लागि शुक्रबार महानगरीय प्रहरी परिसर काठमाडौंको जिम्मा लगाएको थियो । त्यसपछि परिसरले २ दिन म्याद थप गरी अनुसन्धान थालेको थियो ।

प्रकाशित मिति : १२ भाद्र २०७६, बिहीबार  ५ : ५९ बजे

कोलम्बियाको सैन्य बेसमा आक्रमण : ७ सैनिकको मृत्यु, ३० घाइते

काठमाडौं– कोलम्बियाको उत्तरपूर्वी शहर अगुआचिकामा रहेको एक सैन्य बेसमा विद्रोही

राष्ट्रपति पौडेलको असावधानीकै कारण प्रतिनिधिसभा विघटन भयो : महेश बर्तौला

काठमाडौं– नेकपा एमालेका नेता महेश बर्तौलाले राष्ट्रपति रामचन्द्र पौडेलकै कारण

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

महेन्द्रनगर (धनुषा)- मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्छ : मन्त्री घिसिङ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

ड्रोन प्रविधि विस्तारका लागि रूसमा जनशक्ति अभाव

मस्को- रूसलाई ड्रोन क्षेत्रमा करिब ४४ हजार दक्ष तथा विशेष