निर्माता शाहीलाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति « Khabarhub

निर्माता शाहीलाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति


१२ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  काठमाडौं जिल्ला अदालतले चलचित्र निर्माता तथा वितरक गोविन्द शाहीलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ । अदालतले यसअघि दुईपटक अनुसन्धानका लागि भन्दै २/२ दिन थप गरी अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति दिएको थियो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दका अनुसार उनीमाथि थप अनुसन्धान भइरहेको छ । पक्राउ परेका निर्मातालाई  चलचित्र ‘लिलिबिली’ बाट प्राप्त नाफा नदेखाएको भन्दै चलचित्रका निर्माता सुदीप खड्काले उजुरी दिएका थिए ।

निर्देशक मिलन चाम्स र निर्माता सुदीप खड्काले शाहीले फिल्मको नाफा हिनामिना गरेको आरोप लगाउँदै आएका छन् । तर,  शाहीले भने आफूले हिनामिना नगरेको बरु उल्टो आफूले लिन बाँकी रहेको दाबी गर्दै आएका छन् ।

शाहीलाई निर्माता खड्काले गतवर्ष नै उजुरी दिए महानगरीय प्रहरी महाशाखाको टोलीले भदौ ४ गते प्रकाउ गरेको थियो ।

अपराध महाशाखाले शाहीमाथि थप अनुसन्धानका लागि शुक्रबार महानगरीय प्रहरी परिसर काठमाडौंको जिम्मा लगाएको थियो । त्यसपछि परिसरले २ दिन म्याद थप गरी अनुसन्धान थालेको थियो ।

प्रकाशित मिति : १२ भाद्र २०७६, बिहीबार  ५ : ५९ बजे

मधेसवासीलाई सांसद अमरेशको अपिल : जातीय र धार्मिक हिंसाले कसैको भलो गर्दैन

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा प्रतिनिधिसभा सदस्य

आज अन्तर्राष्ट्रिय मित्रता दिवस, आपसी समझदारी र मेलमिलाप प्रवर्द्धनमा जोड

काठमाडौँ– आज अन्तर्राष्ट्रिय मित्रता दिवस विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रम

कार्यकारी वालेन्द्रमाथि भाइरल बालेनको थिचोमिचो !

समकालीन राजनीतिमा बालेन र वालेन्द्र एउटै इन्जिनबाट सञ्चालित जहाजका दुई

भाइरल मोहको जोखिम: ब्याजको मोहमा साउँको सत्यानास

काठमाडौँ– के एउटा ३० सेकेन्डको भिडियोले कसैको भविष्य बदल्न सक्छ

लुम्बिनीमा मन्त्रालयको संख्या पुनःसंरचना, अब ८ वटा मन्त्रालय रहने

दाङ– लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित मन्त्रालयको