उपचारमा रगत अभाव हुन नदिन सघन रक्तदान आयोजना हुँदै | Khabarhub Khabarhub

उपचारमा रगत अभाव हुन नदिन सघन रक्तदान आयोजना हुँदै


५ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

महोत्तरी – चाडबाडका बेला हुने समस्या र उपचार कार्यमा रगत अभाव हुन नदिन नेपाल रेडक्रस  सोसाइटी बर्दिबास उपशाखाले सघन रक्तदान अभियान सञ्चालन गरिरहेको जनाएको छ । 

दसैँताका अस्पतालहरूमा माग गरेबमोजिम रगत आपूर्ति नहुँदा भोगेका समस्यालाई दृष्टिगत गर्दै तिहार र छठका समयमा रगतको सहज आपूर्तिका लागि विभिन्न ठाउँमा रक्तदान अभियान आयोजना तथा संयोजन गरिएको रेडक्रस बर्दिबासका उपसभापति रेवन्त कार्कीले जानकारी दिए। 

यसपालि दसैँमा उपशाखाले सञ्चालन गरेको रक्तसञ्चार केन्द्रमा पर्याप्त रगत नहुँदा आकस्मिक रूपमा  रक्तदाता खोजेर बिरामीलाई दिनु परेको उनले सुनाए। यसै अवस्थालाई दृष्टिगत गर्दै तिहार र छठका बीचमा उपचार कार्यमा रगत अभाव हुन नदिन हाल विभिन्न ठाउँमा रक्तदान कार्यक्रमको संयोजन भइरहेको र हालसम्म दुई सय पिन्ट रगत सङ्कलन गरिएको उपाध्यक्ष कार्कीले जानकारी दिए। 

कात्तिक लागेको गत बिहिबारयता वित्तीय तथा सामाजिक सङ्घसंस्थाहरुले एकपछि अर्को रक्तदान कार्यक्रम आयोजना गरिरहेका छन् । यस क्रममा आइतबारसम्म दुई सय २५ पिन्ट संकलन भएको रेडक्रस बर्दिबास उपशाखाले जनाएको छ ।

जिल्लामा रक्तसञ्चार केन्द्र सञ्चालन गर्ने रेडक्रस बर्दिबास उपशाखा मात्र रहेको छ । यस उपशाखाले पछिल्लो एक वर्षयता महिनामा करिब तीन सय पिन्ट रगत अस्पतालहरूलाई पठाउँदै आएको छ । यसपालि दसैँमा रगतको केही अभाव भएपछि तिहार र छठमा सो समस्या दोहोरिन नदिन आवश्यक सतर्कता अपनाइएको प्राविधिक शाखा प्रमुख देवकोटाको भनाइ छ । 

बर्दिबासस्थित रक्तसञ्चार केन्द्रबाट यहाँ पाँच अस्पताल, गौशाला र जलेश्‍वर एवं जनकपुरस्थित अस्पतालहरूमा मागअनुसार रगत जाने गरेको उपशाखाका सभापति कार्कीले जानकारी दिए। 

प्रकाशित मिति : ५ कार्तिक २०८१, सोमबार  ४ : ३४ बजे

रास्वपालाई कांग्रेसको जवाफ- भिजिट भिसा प्रकरणलाई मानव तस्करीसँग जोडेर हेर्न मिल्दैन

काठमाडौं– नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले भिजिट भिसा प्रकरणलाई

बाँकेको खजुराबाट ४ लाख बढीको धनमाल चोरी

बाँके– खजुरा गाउँपालिका-७ गुनाहाना बस्ने ३२ वर्षीया फातिमा खातुनको घरबाट नगद

पोखरीमा डुबेर तीन वर्षीय बालकको मृत्यु

बारा– कोल्हवी नगरपालिका-५ रामवनटोल बस्ने रत्न बहादुर तामाङको छोरा तीन वर्षीय युवान

सन्तोषनारायणको निवेदन खारेज, अनलाइनले समाचार हटाउनु नपर्ने

काठमाडौं- जिल्ला अदालत काठमाडौंले नेपालखबर डटकम र बिजमान्डु डटकमले प्रकाशित

पत्रकार पाठकलाई पक्राउ नगर्न उच्च अदालतको आदेश

काठमाडौँ – उच्च अदालत पाटनले पत्रकार दिलभुषण पाठकलाई पक्राउ नगर्न