उपचारमा रगत अभाव हुन नदिन सघन रक्तदान आयोजना हुँदै « Khabarhub

उपचारमा रगत अभाव हुन नदिन सघन रक्तदान आयोजना हुँदै


५ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

महोत्तरी – चाडबाडका बेला हुने समस्या र उपचार कार्यमा रगत अभाव हुन नदिन नेपाल रेडक्रस  सोसाइटी बर्दिबास उपशाखाले सघन रक्तदान अभियान सञ्चालन गरिरहेको जनाएको छ । 

दसैँताका अस्पतालहरूमा माग गरेबमोजिम रगत आपूर्ति नहुँदा भोगेका समस्यालाई दृष्टिगत गर्दै तिहार र छठका समयमा रगतको सहज आपूर्तिका लागि विभिन्न ठाउँमा रक्तदान अभियान आयोजना तथा संयोजन गरिएको रेडक्रस बर्दिबासका उपसभापति रेवन्त कार्कीले जानकारी दिए। 

यसपालि दसैँमा उपशाखाले सञ्चालन गरेको रक्तसञ्चार केन्द्रमा पर्याप्त रगत नहुँदा आकस्मिक रूपमा  रक्तदाता खोजेर बिरामीलाई दिनु परेको उनले सुनाए। यसै अवस्थालाई दृष्टिगत गर्दै तिहार र छठका बीचमा उपचार कार्यमा रगत अभाव हुन नदिन हाल विभिन्न ठाउँमा रक्तदान कार्यक्रमको संयोजन भइरहेको र हालसम्म दुई सय पिन्ट रगत सङ्कलन गरिएको उपाध्यक्ष कार्कीले जानकारी दिए। 

कात्तिक लागेको गत बिहिबारयता वित्तीय तथा सामाजिक सङ्घसंस्थाहरुले एकपछि अर्को रक्तदान कार्यक्रम आयोजना गरिरहेका छन् । यस क्रममा आइतबारसम्म दुई सय २५ पिन्ट संकलन भएको रेडक्रस बर्दिबास उपशाखाले जनाएको छ ।

जिल्लामा रक्तसञ्चार केन्द्र सञ्चालन गर्ने रेडक्रस बर्दिबास उपशाखा मात्र रहेको छ । यस उपशाखाले पछिल्लो एक वर्षयता महिनामा करिब तीन सय पिन्ट रगत अस्पतालहरूलाई पठाउँदै आएको छ । यसपालि दसैँमा रगतको केही अभाव भएपछि तिहार र छठमा सो समस्या दोहोरिन नदिन आवश्यक सतर्कता अपनाइएको प्राविधिक शाखा प्रमुख देवकोटाको भनाइ छ । 

बर्दिबासस्थित रक्तसञ्चार केन्द्रबाट यहाँ पाँच अस्पताल, गौशाला र जलेश्‍वर एवं जनकपुरस्थित अस्पतालहरूमा मागअनुसार रगत जाने गरेको उपशाखाका सभापति कार्कीले जानकारी दिए। 

प्रकाशित मिति : ५ कार्तिक २०८१, सोमबार  ४ : ३४ बजे

सदनमा उठ्यो दोधारा चाँदनी र भीमदत्त नगर जोड्ने झोलुङ्गे पुल क्षतिको विषय

काठमाडौं– स्वपाका सांसद ज्ञानेन्द्रसिंह महताले संसद बैठकमा कञ्चनपुर दोधारा चाँदनी

विराटनगरमा राष्ट्रियस्तरको ‘विराट क्रिकेट लिग कर्पोरेट संस्करण’ आयोजना हुँदै

काठमाडौं– कोशी प्रदेशको राजधानी विराटनगरमा राष्ट्रिय स्तरकै खेल महोत्सवका रूपमा

स्थानीय चुनाव लक्षित गर्दै असोज २० देखि पालिका पुग्दै रास्वपा

काठमाडौं –  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै

कच्चा तेल र ऋणपत्रको प्रतिफल बढ्दा भारतबाट विदेशी पुँजी बाहिरियो

एजेन्सी– अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भएको तीव्र वृद्धि र

प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति रेकर्डबाट हटाउन गरिएको ढिलाइप्रति श्रम संस्कृतिको आपत्ति

काठमाडौं–  श्रम संस्कृति पार्टीका सांसदहरूले प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति सदनको