रुसमा तैनाथ उत्तर कोरियाली सैनिकहरूको फिर्तीको माग « Khabarhub

रुसमा तैनाथ उत्तर कोरियाली सैनिकहरूको फिर्तीको माग


५ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


450
Shares
  • change font
  • change font
  • change font

एजेन्सी –दक्षिण कोरियाले सोमबार रुसी राजदूतलाई बोलाएर युक्रेनमा मस्कोको युद्धलाई समर्थन गर्न हजारौँ सैनिकहरू पठाउने प्योङयाङको निर्णयको आलोचना गर्दै उनीहरूको तत्काल फिर्तीको माग गरेको छ ।

सोलको गुप्तचर निकायका अनुसार करिब एक हजार पाँच सय उत्तर कोरियाली विशेष बलका सैनिकहरू पहिले नै रुसमा पुगेर अभ्यस्त हुँदैछन् र मोर्चामा जाने सम्भावना छ । साथै थप सैनिकहरू चाँडै प्रस्थान गर्ने तयारी छ । यो प्योङयाङको पहिलो यस्तो विदेशी तैनाथी हो ।

दक्षिण कोरियाले लामो समयदेखि आणविक–सशस्त्र उत्तर कोरियाले युक्रेनमा प्रयोग गर्न रुसलाई हतियार आपूर्ति गरिरहेको दाबी गर्दै आएको छ । साथै उसले सैनिक तैनाथीप्रति चिन्ता व्यक्त गरेको छ । यो कदम उत्तर कोरियाली नेता किम जोङ उन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले जुनमा सैन्य सम्झौतामा हस्ताक्षर गरेपछि आएको हो ।

“सोलले रुसमा उत्तर कोरियाको हालैको सैनिक प्रेषणबारे गम्भीर चिन्ता व्यक्त गर्‍यो र उत्तर कोरियाली सेनाको तत्काल फिर्तीको जोडदार आग्रह ग¥यो”, उपविदेशमन्त्री किम होङ–क्युनले रुसी राजदूत जर्जी जिनोभिएभलाई भने।

सोलको गुप्तचर निकायले विस्तृत उपग्रह तस्वीरहरू सार्वजनिक गरेको छ । तस्बिरहरूले विशिष्ट ‘स्टर्म कोर’ का पहिलो एक हजार पाँच सय उत्तर कोरियाली विशेष बल रुसी सैन्य जहाजहरूमा भ्लाडिभोस्टकमा पुगेको देखाएको छ ।

दुई देशबीचको कुनै पनि सैन्य सहयोगले धेरै सुरक्षा परिषद् प्रस्तावहरूको उल्लङ्घन गर्ने उपविदेशमन्त्री किमले बताए ।

रुसी राजदूत जिनोभिएभले ‘रुस र उत्तर कोरियाबीचको सहयोग।।। दक्षिण कोरियाको सुरक्षाको हितविरुद्ध निर्देशित छैन’ भनी जोड दिनुभएको दूतावासले एक वक्तव्यमा भनेको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०८१, सोमबार  ७ : ३३ बजे

विश्वकपमा समूह चरणको पहिलो राउण्डका खेलहरू सकिए, मेसी सर्वाधिक गोलकर्ता

काठमाडौं- फिफा विश्वकप फुटबल अन्तर्गत समूह चरणको पहिलो राउण्डका खेलहरू

स्टार्टअपलाई दुई दिनभित्रै दर्ता गरिने, सरकारले ल्यायो ‘फास्ट ट्रयाक’ कार्ययोजना

काठमाडौं– नेपाल सरकारले उद्यमशीलता प्रवर्धन र लगानीको वातावरणमा सुधार गर्न

झोलामा खोलाको प्रवृत्ति अन्त्य गरेरै छाड्छु : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले झोलामा खोलाको

यस्तो छ अमेरिका-इरानबीच भएको १४ बुँदे समझदारीपत्र (पूर्णपाठ)

काठमाडौं- अमेरिका र इरानबीच युद्धविरामको अवधि थप गर्ने सहमति कार्यान्वयनमा

क्रिटिक्स अवार्ड : हरिवंश, दयाहाङ, आनालगायतले पाउँदै

काठमाडौं – चलचित्र समीक्षक समाज, नेपाल (फिक्सन)ले आगामी शनिबार अवार्ड