इजरायलमा हिजबुल्लाहको आक्रमण जारी « Khabarhub

इजरायलमा हिजबुल्लाहको आक्रमण जारी


६ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

लेबनान – हिजबुल्लाहले मंगलबार दक्षिणी लेबनानमा इजरायलविरुद्ध ३१ आक्रमण गरेको जनाएको छ। मिसाइल ड्रोन र रकेटसहित आक्रमण गरिएको जनाइएको छ।

गाजमा रहेका प्यालेस्टाइनी तथा लेबनानको रक्षाका लागि यो आक्रमण आवश्यक रहेको जनाएको छ। सोमबार भने इजरायली डिफेन्स फोर्सले १७० प्रोजेक्टाइल हिजबुल्लाहले प्रहार गरेको जनाएको थियो।

यसैबिच संयुक्त राष्ट्र संघले जबालियाको शरणार्थी शिविरमा कुनै पनि मानवीय सहायता नपुगेको जनाएको छ। त्यस स्थानमा दुई साता चलेको इजरायली सैन्य अभियानले सयौँको ज्यान लिएको थियो भने लाखौँको ज्यान गएको थियो। युएन अफिस फर द को अर्डिनेसन अफ ह्युमनेटरियन अफेयर्स (आसिएचए)लाई सहयोग सहित जबैलियाको अल फबुजामा प्रवेश गर्न लगातार चार दिन रोक लगाइएको थियो।

दक्षिणी लेबनानमा योजनामा रहेका ६६ मध्य ४ स्थानमा मात्र सहयोग पुगेका छन्। इजरायली संस्था कोग्याटले सबै स्थानमा सहयोग पुगी रहेको दाबी गरेको छ।

हिजबुल्लाहले १ अक्टोबरबाट दक्षिणी लेबनानमा सुरु गरेको आक्रमणमा ३२ सय पटक हिजबुल्लाह माथि आक्रमण गरेको जनाएको छ। पछिल्लो २४ घण्टामा तीन वटा आक्रमण गरिएको छ।

यस बिचमा राफिक हरिरी विश्वविद्यालय अस्पताल भन्दा बाहिर गरिएको आक्रमणमा एक बालकसहित चार जनाको ज्यान गएको छ। संयुक्त राष्ट्र सङ्घीय महासचिव एन्टेनियो गुटिरेजले उत्तरी गाजाको अस्पताल लगायत क्षेत्रमा भएको आक्रमणलाई मानवता विरोधी प्रहारको संज्ञा दिएका छन्।

प्रकाशित मिति : ६ कार्तिक २०८१, मंगलबार  ९ : ०७ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा