५० वर्षअघि फाखेलबाट न्युयोर्क पुगेका इन्द्र तामाङको ‘आत्मकथा’  « Khabarhub

५० वर्षअघि फाखेलबाट न्युयोर्क पुगेका इन्द्र तामाङको ‘आत्मकथा’ 


६ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – समाजसेवी इन्द्र तामाङको आत्मकथा लोकार्पण गरिएको छ। अमेरिकाको न्युयोर्कस्थित ज्याक्सनहाइटमा रहेको हिमालयन रेष्टुरेन्ट एण्ड बारमा आयोजित कार्यक्रममा तामाङको आत्मकथा माई क्युरियस इअर्स विथ ‘चार्ल्स हेनरीफोर्ड, द अटोबायोग्राफी अफ इन्द्र बी. तामाङ’ लोकार्पण गरिएको हो।

आइतबार वाणिज्यदुत विष्णुकुमारी अधिकारी र आचार्य लामा गुरु दावा साङमोले पुस्तक विमोचन गरेका हुन्। अक्टोबर ९ मा लेखकसँग हस्ताक्षर कार्यक्रमसमेत भएको थियो। लेखकले नेपालीलाई इमानदार तथा सङ्घर्षशीलको रुपमा विश्वमा चिनाउने काम गरेको उल्लेख गर्दै वाणिज्यदूत अधिकारीले पुस्तकले धेरैलाई प्रेरणा दिने बताइन्।

तामाङ सोसाइटी अफ अमेरिकाका पूर्व अध्यक्ष तथा सोसाइटी अफ अमेरिका सल्लाहकार राम तामाङले काठमाडौंदेखि अमेरिकासम्म बसाइका क्रममा इन्द्रका अनुभवहरू आत्मकथामा सँगालेको बताए। 

सामाजिक अभियन्ता शशांक लामाले लेखक इन्द्रले आफ्ना इच्छा र चाहनाहरूलाई दबाएर चार्ल्स हेनरीफोर्ड र चार्ल्सकी बहिनी नायिका, मोडल रुथलाई सेवा गर्नु ठुलो योगदान भएको बताए। 

चार्ल्ससँगै विश्व भ्रमणका क्रममा तामाङले चित्रकला तथा फोटोग्राफी सिकेका थिए। इन्द्रको जीवन अनुभवलाई पुस्तकको रुपमा ल्याउन लेखक, गीतकार, सम्पादक रोमी एस्बीले साथ दिएका हुन्। टर्टल पोइन्ट प्रेसले बजारमा ल्याएको २ सय ६४ पेजको पुस्तकको मूल्य २४ अमेरिकी डलर रहेको छ। पुस्तक डिजिटल प्लेटफर्म अमाजोनमासमेत उपलब्ध रहेको प्रकाशकले जनाएको छ। 

प्रकाशित मिति : ६ कार्तिक २०८१, मंगलबार  १ : ५७ बजे

श्रीलङ्काद्वारा चक्रवातले क्षतिग्रस्त घरहरू पुनर्निर्माणका लागि बृहत् राहत योजना सार्वजनिक

कोलम्बो – विपद्ग्रस्त श्रीलङ्काले घातक चक्रवातले क्षतिग्रस्त घरहरू पुनर्निर्माण गर्न

यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते

सुनसरी – धरानबाट विराटनगरतर्फ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा

एमाले मजवुद भए मुलुकको अराजकता अन्त्य हुन्छ : प्रदीप ज्ञवाली

ललितपुर – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले मूलुकभित्रको अराजकता र

जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड

धनुषा – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्रपछि

चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते

धादिङ – पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेँसी नगरपालिका–६ चालिसेमा भएको दुर्घटनामा