रास्वपाका नौजना सांसदहरुविरुद्ध प्रहरीमा जाहेरी, तीन वर्ष कैद र जरिवाना माग | Khabarhub Khabarhub

रास्वपाका नौजना सांसदहरुविरुद्ध प्रहरीमा जाहेरी, तीन वर्ष कैद र जरिवाना माग


६ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नौजना सांसदहरूविरुद्ध अदालतको काम कारबाहीमा अवरोध गरेको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी परेको छ ।

आफूलाई सामाजिक अभियन्ता बताउने गरेका युवराज सफल पौडेलले नेपाल सरकार, नेपाल प्रहरी र अदालतको काममा अवरोध गर्ने रास्वपा सांसदहरूलाई मुलुकी अपराध संहिता २०७४ को दफा (५०) को उपदफा (४) बमोजिम तीन वर्ष जेल सजाय र ३० हजार जरिवाना माग गर्दै जिल्ला प्रहरी परिसरमा जाहेरी दिएका हुन् ।

जाहेरीमा उनले संसदीय छानबिन समितिले कारबाही गर्न सिफारिस गरेपछि प्रहरीले अदालतको आदेशमा गरेको कारवाहीप्रति अवरोध सिर्जना गर्न आन्दोलन गरिरहेको आरोप लगाएका छन् ।

पौडेलले रास्वपा सांसदहरूले पार्टीका कार्यकर्ताहरूलाई आन्दोलनका लागि पोखरामा अनिवार्य उपस्थितिको उर्दीसमेत जारी गरेकोले उक्त कार्य मुलुकी अपराध संहिताविपरित भएको  जिकिर गरेका छन् ।

जाहेरीमा उनले रास्वपा सांसदहरू डोलप्रसाद अर्याल, डा. स्वर्णिम वाग्ले, डा, तोषिमा कार्की, सन्तोष परियार, विराजभक्त श्रेष्ठ, सुमना श्रेष्ठ, मनिष झा र गणेश पराजुलीसहितलाई विपक्षी बनाउँदै जाहेरी दिएका हुन् ।

 

प्रकाशित मिति : ६ कार्तिक २०८१, मंगलबार  ३ : २६ बजे

आमिरको पक्षमा सेन्सर बोर्डकाे निर्णय, ‘सितारे जमिन पर’ले पायो प्रदर्शन अनुमति

काठमाडौं – बलिउड नायक आमिर खानको फिल्म ‘सितारे जमिन पर’ले

देशभर वर्षाको सम्भावना, केही भूभागमा ठूलो पानी पर्ने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमेरिकाले आक्रमण सुरु गरे इरान वार्ताका लागि बाध्य हुन्छ: ट्रम्प

वाशिङ्टन – इरान र इजराय युद्धमा अमेरिकी सहभागिताका विषयमा राष्ट्रपति

टी-२० सिरिज- आज नेपालको भिडन्त नेदरल्यान्ड्ससँग

काठमाडौं – नेपालले आज त्रिकोणात्मक टी-२० सिरिजमा नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ।

नारायणगढ-बुटवल सडक अवरुद्ध : वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव

नवलपु – लगातारको वर्षाका कारण आएको बाढी र पहिरोले पूर्व-पश्चिम