आजबाट अनेरास्ववियुको साझा कार्यालय, एकताका बाँकी काम चाँडै सक्ने « Khabarhub

आजबाट अनेरास्ववियुको साझा कार्यालय, एकताका बाँकी काम चाँडै सक्ने


१२ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका नेता हितमान शाक्यले बिद्यार्थी मोर्चाको एकताका बाँकी काम छिट्टै सम्पन्न गरिसक्ने बताएका छन् ।

अनेरास्ववियुको कार्यालयको उद्घाटन गर्दै बिद्यार्थी मोर्चाको इन्चार्जसमेत रहेका नेता शाक्यले बिद्यार्थी मोर्चाको एकताका बाँकी काम भदौभित्र सक्ने बताए ।

पार्टी एकीकरणपछि पनि अलग–अलग कार्यालय चल्दै आएको अनेरास्ववियुको दुवै कार्यालय आजबाट एउटै भएका छन् । तत्कालिन अनेरास्ववियु क्रान्तिकारीको कार्यालय रहेको कार्यालय अब अनेरस्वियुको कार्यालय हुने भएको छ ।

बिहीबार भएको कार्यक्रममा अनेरास्ववियु संयोजक ऐन महर र सहसंयोजक रञ्जित तामाङले पदभार ग्रहण पनि गरेका छन् । कार्यालयको उद्घाटनमा इन्चार्ज शाक्यले एकता प्रक्रियाको बाँकी काम सम्पन्न गर्न समस्या र सम्भावनामा छलफल चलिरहेकोले छिट्टै टुंगोमा पुग्ने बताए ।

पदभार ग्रहणपछि संयोजक महर र सहसंयोजक तामाङले एकताको बाँकी काम सम्पन्न गरेर संगठन स्ववियु निर्वाचनको तयारीमा जुट्ने बताए ।

साझा कार्यालय उद्घाटन र पदभार ग्रहण कार्यक्रममा तत्कालिन अनेरास्वियु र अनेरास्ववियु क्रन्तिकरका पूर्व अध्यक्षहरु पनि सहभागी थिए ।

प्रकाशित मिति : १२ भाद्र २०७६, बिहीबार  ७ : ३३ बजे

केपी ओलीलाई रविको चुनौती : पार्टीमा जस्तै संसदीय चुनाव पनि जितेर देखाउनू

काठमाडौं- राष्ट्रिय स्वन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाली कांग्रेर र

‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत ‘जब फर्किन्छ घर’ सार्वजनिक

काठमाडौं – गत शुक्रबारदेखि प्रदर्शनरत फिल्म ‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत

भोजपुरको पाँचधारेमा बौद्धस्तूप निर्माण

भोजपुर– टेम्केमैयुङ गाउँपालिका-९ पाँचधारेमा पर्यटकीय तथा धार्मिक क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले

भक्तपुरमा एक महिनामा १४ वटा जघन्य अपराध

भक्तपुर– भक्तपुरमा पछिल्लो एक महिनामा १४ वटा जघन्य अपराधका घटना घटेका

चिसोबाट दमरोगीलाई कसरी बचाउने ?

श्वासप्रश्वास रोग मानिसको मृत्यु गराउने रोगमध्ये विश्वको चौथो प्रमुख रोगमध्ये