कम्पनीभित्रै बसेर आफ्नै मालिकलाई धम्की : दुई लाख नदिए बमले उडाउँछु, ज्यान लिन्छु | Khabarhub Khabarhub

कम्पनीभित्रै बसेर आफ्नै मालिकलाई धम्की : दुई लाख नदिए बमले उडाउँछु, ज्यान लिन्छु


७ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एकजना नेपाली युवक उनका चिनियाँ मालिकलाई मार्ने धम्की दिँदै रकम माग गरेको अभियोगमा पक्राउ परेका छन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले एसएमएसमार्फत धम्की दिई पैसा मागेको अभियोगमा सिन्धुपाल्चोकको ज्यामिरे गाविस-८ घर भई काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-८ बस्ने ३२ वर्षीय पदम भन्ने आकाश तामाङलाई सोमबार दिउँसो पक्राउ गरेको हो ।

ती युवकले चिनियाँ नागरिकले सञ्चालन गरेको सिशुआन याङ टेक्स्टाइल प्रालिका म्यानेजरको मोबाइलमा एसएमएस गरी रकम माग गरेको खुलेको छ ।

उक्त कम्पनीमा मजदुरका रुपमा कार्यरत उनले रकम नदिएमा कम्पनीमा बम बिष्फोट गरी ध्वस्त बनाइदिने धम्की दिएको उजुरी परेको थियो ।

त्यसपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले तामाङलाई काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-८ स्थित कम्पनी परिसरबाटै पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानका क्रममा गत असोज २१ गते राति उक्त कम्पनीका मजदुर तामाङले अपरिचित मोबाइल नम्बरबाट पार्टीलाई एक लाख ५० हजार देखि दुई लाख रूपैयाँसम्म सहयोग गर्नु पर्‍यो भनेर म्यासेज गरेका थिए ।

यदि रकम नदिएमा बम बिष्फोट गराई कम्पनीमा क्षति गराउने व्यहोरासहितको धम्कीपूर्ण एसएमएस गरेको पनि प्रहरीले भेट्टाएको छ । तामाङलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०८१, बुधबार  १ : १५ बजे

हङकङ सिक्सेस: नेपाल दक्षिण अफ्रिकासँग भिड्दै

काठमाडौं – हङकङ इन्टरनेसनल सिक्सेस क्रिकेट प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा

प्रहरी कार्यालयमा तोडफोड आरोपमा श्रीमान्–श्रीमती पक्राउ

बनियानी – जेनजी आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय अनारमनीमा तोडफोड

चुनाव हारे हारिन्छ संविधान जोगाउन निर्वाचनमा जानुपर्छ: सरिता प्रसाईं

काठमाडौँ– नेपाली कांग्रेसकी नेतृ सरिता प्रसाईंले संविधान जोगाउन पनि पार्टीले

केन्द्रीय सदस्य पौडेलले गगन-विश्वमाथि लगाए यस्ता आरोप

काठमाडौँ– नेपाली कांग्रेसका नेता किरण पौडेलले पार्टीका दुई महामन्त्रीकै भूमिकाले

दैलेखमा जीप दुर्घटना, १५ जना घाइते

काठमाडौं – दैलेखमा बोलेरो जीप दुर्घटना हुँदा १५ जना घाइते