कम्पनीभित्रै बसेर आफ्नै मालिकलाई धम्की : दुई लाख नदिए बमले उडाउँछु, ज्यान लिन्छु « Khabarhub

कम्पनीभित्रै बसेर आफ्नै मालिकलाई धम्की : दुई लाख नदिए बमले उडाउँछु, ज्यान लिन्छु


७ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एकजना नेपाली युवक उनका चिनियाँ मालिकलाई मार्ने धम्की दिँदै रकम माग गरेको अभियोगमा पक्राउ परेका छन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले एसएमएसमार्फत धम्की दिई पैसा मागेको अभियोगमा सिन्धुपाल्चोकको ज्यामिरे गाविस-८ घर भई काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-८ बस्ने ३२ वर्षीय पदम भन्ने आकाश तामाङलाई सोमबार दिउँसो पक्राउ गरेको हो ।

ती युवकले चिनियाँ नागरिकले सञ्चालन गरेको सिशुआन याङ टेक्स्टाइल प्रालिका म्यानेजरको मोबाइलमा एसएमएस गरी रकम माग गरेको खुलेको छ ।

उक्त कम्पनीमा मजदुरका रुपमा कार्यरत उनले रकम नदिएमा कम्पनीमा बम बिष्फोट गरी ध्वस्त बनाइदिने धम्की दिएको उजुरी परेको थियो ।

त्यसपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले तामाङलाई काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-८ स्थित कम्पनी परिसरबाटै पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानका क्रममा गत असोज २१ गते राति उक्त कम्पनीका मजदुर तामाङले अपरिचित मोबाइल नम्बरबाट पार्टीलाई एक लाख ५० हजार देखि दुई लाख रूपैयाँसम्म सहयोग गर्नु पर्‍यो भनेर म्यासेज गरेका थिए ।

यदि रकम नदिएमा बम बिष्फोट गराई कम्पनीमा क्षति गराउने व्यहोरासहितको धम्कीपूर्ण एसएमएस गरेको पनि प्रहरीले भेट्टाएको छ । तामाङलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०८१, बुधबार  १ : १५ बजे

दुग्धजन्य उद्योगबाट आत्मनिर्भर बन्दै बछ्यौलीका ५० महिला

नारायणगढ– बछ्यौलीका महिलाले सामूहिक दूध विविधिकरण पसल सञ्चालनमा ल्याएका छन्

किसानको आयआर्जन बढाउन सत्यवतीमा पशुपालन प्रोत्साहन कार्यक्रम

गुल्मी– सत्यवती गाउँपालिकाले पालिकाभित्र गाईपालन गर्ने किसानलाई  प्रोत्साहन तथा अनुदान

बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी

काठमाडौं– सरकारले वर्षायाममा उत्पादन हुने अतिरिक्त विद्युत्को आन्तरिक खपत बढाउने

विमल इलायचीको विज्ञापन विवादमा शाहरुख, अजय र टाइगर, एफडीएले माग्यो १५ दिनभित्र स्पष्टीकरण

मुम्बई– बलिउडका तीन ठूला स्टार शाहरुख खान, अजय देवगन र टाइगर

सूर्य थापालाई रोस्ट गरेपछि तनावमा कमेडियन, भन्छन् – धम्कीले कोठाबाहिर निस्किन सकिनँ

काठमाडौं – कमेडीका नाममा ठाडो रोस्ट गर्ने प्रवृतिलाई निरन्तरता दिँदै