बेडरुममा यी सामाग्री राख्नु अघि सावधान ! दाम्पत्य जीवन टुट्न सक्छ « Khabarhub

बेडरुममा यी सामाग्री राख्नु अघि सावधान ! दाम्पत्य जीवन टुट्न सक्छ


१२ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

वैवाहिक जीवनपछि महिला पुरुषको सबैभन्दा गोप्य तथा अन्तरंग सम्बन्धका लागि बेडरुम उपयुक्त स्थान हुने गर्दछ ।

वैवाहिक जीवनपछि तपाईंले आफ्नो बेडरुममा राख्ने सामाग्रीका विषयमा ध्यान दिनुपर्ने हुन्छ । त्यसो नगरेको खण्डमा बेडरुममा राख्ने सामाग्रीले समेत श्रीमान–श्रीमतीको सम्बन्धमा दरार पैदा गर्न सक्छ ।

१. भगवानका तस्विर

वास्तुशास्त्रका अनुसार विवाहित जोडीले बेडरुममा भगवानको तस्विर राख्नु उत्तम हुँदैन । यसले श्रीमान्–श्रीमती बिचको सम्बन्धमा दरार उत्पन्न गर्छ । भगवानका तस्विरलाई सकेसम्म छुट्टै कोठामा राख्नु उत्तम हुन्छ । सम्भव नभए पनि बेडरुममा भगवानको तस्विर राख्नु हुँदैन

२. विद्युतीय सामाग्री

विवाहित जोडीको कोठामा कुनै पनि विद्युतीय सामाग्री राख्नु हुँदैन । कोठामा भएका कम्प्युटर, टिभीलगायत विद्युतीय उपकरण नै श्रीमान्–श्रीमती बिच सम्बन्ध बिर्गाने प्रमुख कारक बन्न जान्छ । आजको समयमा सूचनाको पहुँचमा रहने नाममा बोकिने मोबाइलको अधिक प्रयोग दम्पत्तीको सम्बन्धमा फाटो ल्याउने कारण बन्ने छ ।

३. जुत्ता–चप्पल

वास्तुशास्त्रका अनुसार बेड रुममा जुत्ता, चप्पल राख्नु हुँदैन । बेडरुममा जुत्ता, चप्पल तथा अन्य अनावश्यक चिज राख्दा श्रीमान–श्रीमतीबीच मनमुटाव हुने वास्तुशास्त्रले बताउँछ । पाउँमा लगाएर भुईमा टेकिने जुत्ता, चप्पलले बेडरुममा नकरात्मक शक्ति र त्यसको प्रभाव बढाउने गर्दछ ।

४. यी तस्विर नराख्नु

दम्पत्ती जोडीको अन्तरंग सम्बन्ध हुने र पूर्णतः विश्राम गर्ने स्थान हो बेडरुम । त्यसैले बेडरुममा कुनै पनि हिंसा प्रेरित तस्बिर, कुनै हिंस्रक जीव वा मारकाट भएको तस्विर राख्नुहुँदैन । बेडरुममा मनलाई शान्त बनाउने हिमाल, झरना, जोडी पक्षीलगायतको तस्विर राख्दा उत्तम हुन्छ ।

५. दुईवटा बेड खतरनाक

वैवाहिक जोडीको बेडरुममा सधैँ एउटा मात्रै बेड अर्थात सुत्ने ओछ्यान (पलङ/खाट) हुन जरुरी छ । बेडरुममा दुईवटा बेड भएमा साधारण कुरामा बहस हुँदा पनि घुर्काउने नाममा अर्काे बेड जाने र बिस्तारै त्यही गतिविधि मनमुटावको कारण बन्न सक्छ । अझ एउटै डसना र सिरक हुनुपर्दछ । मानिस सानो कुरामा पनि चिढिने र आफ्नो अपेक्षाअनुसार नभए रिसाउँने, झर्किने स्वभावको भएकाले उसलाई फकाउन सिंगल बेड नै सहज हुन्छ ।

प्रकाशित मिति : १२ भाद्र २०७६, बिहीबार  ८ : १७ बजे

देउवालाई हटाएर, पार्टी कब्जा गरेर कांग्रेस चल्दैन, विधानअनुसार नेतृत्व फेरौँ

काठमाडौं– नेता विमलेन्द्र निधिले नेपाली कांग्रेस इतर समूहको राष्ट्रिय भेलामा

गण्डकीमा अनलाइनबाटै प्रसारण संस्थाको दर्ता र नवीकरण

गण्डकी– प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकीले अनलाइनबाट प्रसारण संस्थाको दर्ता तथा

फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

म्याग्दी- म्याग्दीमा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य फेरिन थालेको छ।

पर्यटकीयस्थलमा विद्युत सुविधा विस्तार

म्याग्दी– अन्नपूर्ण गाउँपालिका– ८ स्थित पर्यटकीयस्थल आलडाँडामा केन्द्रीय प्रसारण लाइनको

जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा दिइने

काठमाडौँ– सरकारले जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार उद्यम