सिटीले ५-० को जित निकाल्दा हलान्डको शानदार प्रदर्शन | Khabarhub Khabarhub

सिटीले ५-० को जित निकाल्दा हलान्डको शानदार प्रदर्शन


८ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एर्लिङ हलान्डको शानदार प्रदर्शनमा म्यानचेस्टर सिटीले युरोपेली च्याम्पियन्स लिगको बुधबार राति भएको खेलमा स्पार्टा प्रागमाथि ५-० को प्रभावशाली जित निकालेको छ।

तेस्रो मिनेटमा फिल फोडेनको गोलमा अग्रता लिएको सिटीका लागि दोस्रो हाफमा हलान्डले दुई गोल गरे। पहिलो हाफमा दुई पटक विपक्षी गोलरक्षक पिटर भिन्दाहीबाट रोकिएका हलान्डले साभिन्होसँगको सहकार्यमा ५८ औँ मिनेटमा गोल गरेका थिए।

६४ औँ मिनेटमा अर्को गोल गरेपछि उनको च्याम्पियन्स लिगमा गोल सङ्ख्या ४४ पुगेको छ। ६४ औँ मिनेटमा जोन स्टोन्सले सिटीका लागि अर्को गोल गरेका थिए। म्याथ्यु नुनेजले खेल सकिन केही मिनेट अघि पेनाल्टीमा गोल गरेका थिए।

अर्को खेलमा डर्वीन नुनेजको गोलमा आरबी लुइपिगलाई १-० ले हराउँदै लिभरपुलले शतप्रतिशत विजयी यात्रा तेस्रो खेलसम्म कायम राखेको छ। आर्ने स्लटको प्रशिक्षणमा लिभरपुलको यो १२ औँ खेलमा ११ औँ जित हो। इङ्लिस प्रिमियर सिपमा शीर्ष स्थानमा रहेको लिभरपुल यस च्याम्पियन्स लिगको अङ्क तालिकामा पनि शीर्ष स्थानमा उक्लेको छ।

 

प्रकाशित मिति : ८ कार्तिक २०८१, बिहीबार  ६ : ३३ बजे

भारतबाट १६ बालबालिकाको उद्धार

जनकपुरधाम- भारतका विभिन्न स्थानबाट १६ बालबालिकाको उद्धार गरिएको छ। उनीहरूलाई

मुस्ताङमा हिमपातपछि निरन्तर वर्षा, जनजिवन प्रभावित

मुस्ताङ – मङ्गलबारको हिमपातपछि हिमाली जिल्ला मुस्ताङमा निरन्तर वर्षा भइरहेको

आन्दोलनमा आगजनी र लुटपाटमा संलग्न व्यक्ति गोलीसहित पक्राउ

काठमाडौँ- जिल्ला प्रहरी परिसर भक्तपुरले १६ थान (जङ्गी राउन्ड) एसएलआरको

निर्वाचनपछि महाधिवेशन गर्नु उपयुक्त हुन्छ भन्ने धारणा आएको छः प्रवक्ता महत

ललितपुर – नेपाली कांग्रेसको जारी केन्द्रीय समितिको आजको बैठकमा धारणा