संग्रौलाको ‘जुनकिरीको सङ्गीत’ रजत वर्ष संस्करण बजारमा « Khabarhub

संग्रौलाको ‘जुनकिरीको सङ्गीत’ रजत वर्ष संस्करण बजारमा


८ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साहित्यकार खगेन्द्र संग्रौलाको प्रसिद्ध उपन्यास ‘जुनकिरीको सङ्गीत’ पहिलो पटक प्रकाशन भएको २५ वर्षपछि दोस्रो परिशोधित संस्करण प्रकाशित भएको छ ।

पर्वतस्थित दलित बस्तीको यथार्थ चित्रण, उत्पीडितहरूको सामूहिक जागरण र जात व्यवस्थाविरुद्ध सामाजिक सङ्घर्षको कथा बोकेको उपन्यासलाई बेला पब्लिकेसन्सले ‘रजत वर्ष संस्करण’काे रुपमा बजारमा ल्याएको हो ।

दोस्रो संस्करणलाई उपन्यासकार संग्रौलाले ‘गोडमेल संस्करण’को संज्ञा दिएका छन् । उनले ‘उपन्यासको मूलविषय  र दृष्टिकोणलाई यथावत् राखेर वर्णन र वृत्तान्त एवम् संरचना र शैलीमा सानोतिनो गोडमेल भएको बताए ।

२०५६ सालमा पहिलो संस्करण प्रकाशित भएपछि ‘जुनकिरीको सङ्गीत’ आमपाठक वृत्तमा बहुचर्चित भएपनि कम्युनिस्ट वृत्तमा विवादित उपन्यासका रुपमा समेत प्रचारित भएको थियो ।
तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी)को शीर्ष नेतृत्वले उपन्यास र उपन्यासकार दुवैको सैद्धान्तिक आलोचना गरेका थिए ।

यसबारे संग्रौला भन्छन्– ‘मार्क्सवाद सन्देह, प्रश्न र वादविवादका माध्यमले हरेक कुराको सत्यताको परीक्षण गर्ने दर्शन हो । आफ्नै चिन्तन र व्यवहारको नित्य सजग आलोचक भई विकसित भएको दर्शन हो यो ।’

पर्वत जिल्लाका दलित बस्तीको कथा बुनिएको उपन्यासमा पात्रहरूको संवादमा स्थानीय लवजको प्रयोग गरिएको छ । परिशोधित संस्करणमा आञ्चलिक भाषा, लवज र शैलीमा पनि पर्याप्त सम्पादन गरिएको छ । 

प्रकाशित मिति : ८ कार्तिक २०८१, बिहीबार  ८ : २७ बजे

कास्कीमा सबैको उम्मेदवारी कायम, स्वतन्त्रलाई चुनाव चिह्न प्रदान

गण्डकी – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई माया गर्ने देशभक्तहरू एकताबद्ध हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

पूर्वी युक्रेनमा भएको रूसी ड्रोन आक्रमणमा चार जनाको मृत्यु

कीभ- पूर्वी युक्रेनमा रूसी ड्रोनले आक्रमण गर्दा पाँच वर्षीय बालकसहित

नक्कली कर्मचारी नियन्त्रणमा

काठमाडौं- गृह मन्त्रालयको शाखा अधिकृत हुँ भनी नक्कली कर्मचारी परिचयपत्र