विश्व बैंकले नेपाललाई रोजगारी सिर्जनामा सघाउने « Khabarhub

विश्व बैंकले नेपाललाई रोजगारी सिर्जनामा सघाउने


८ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

वासिङ्टने डिसी– विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भागलिने सिलसिलामा अमेरिकामा रहेका उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले बैंकका (दक्षिण एसिया मामिला हेर्ने) उपाध्यक्ष मार्टिन रेजरसँग भेटवार्ता गरेका छन् ।

नेपालमा रोजगारी सिर्जना गर्ने विषयमा वार्ता केन्द्रित भएको नेपाली राजदूतावासले जनाएको छ । नेपालमा व्यावसायिक वातावरणको सुधार, मुख्य पूर्वाधार आयोजनाहरूको कार्यान्वयन तथा विप्रेषण आप्रवाहका माध्यमबाट पनि रोजगारी सिर्जना गर्ने बारेमा छलफल भएको थियो ।

यसैबीच, विश्व बैंकले नेपाललाई प्राकृतिक विपत्तिपछिको पुनर्निर्माणका निम्ति सहयोग गर्ने भएको छ । सहायतासम्बन्धी सम्झौतामा नेपाल सरकार र विश्व बैंकबीच हस्ताक्षर भएको छ । सम्झौतापत्रमा अर्थ मन्त्रालयका सचिव रामप्रसाद घिमिरे र नेपालका लागि विश्व बैंकका प्रतिनिधि डेविड सिसलेनले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार विश्व बैंकले १५ करोड डलर उपलब्ध गराउने छ ।

उपप्रधान तथा अर्थमन्त्री पौडेल र विश्व बैंक (दक्षिण एसिया मामिला) का उपाध्यक्ष मार्टिन रेजर उपस्थितिमा भएको हस्ताक्षर कार्यक्रममा नेपालको प्राकृतिक र जलवायु परिवर्तनका कारण आइपर्ने स्वास्थ्य जटिलताका लागि स्रोत परिचालन गरिने जनाइएको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०८१, बिहीबार  ९ : ५५ बजे

ललितपुरको ठेंचोमा माधव नारायणको नगर यात्रा सम्पन्न (तस्बिरहरू)

काठमाडौं– ललितपुरको ठेंचोमा माधव नारायणको नगर यात्रा सम्पन्न भएको छ

विज्ञको प्रश्न : घातक निपाह भाइरस रोक्न नेपालले ढिलाइ त गरिरहेको छैन ?

भारतको पश्चिम बंगालमा निपाह भाइरसको संक्रमण पुष्टि भएसँगै नेपालमा पनि

अर्थ मन्त्रालयको दोस्रो त्रैमासिक कार्य प्रगति : पुँजीगत खर्च घट्यो, राजस्वमा डेढ खर्बको खाडल

काठमाडौं– अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८/८३ को दोस्रो त्रैमासमा

व्यवस्था फेरिँदैमा जनताको चहाना सम्बोधन हुँदैन : माधव नेपाल

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालले व्यवस्था परिवर्तनले मात्रै

अमरेशको दाबी : जीवनकै सबैभन्दा धेरै अन्तरले जित्छु, रास्वपाले १६० सीट ल्याउँछ

सर्लाही- सर्लाही क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार