‘बजारमा सिटामोलको अभाव छैन’ « Khabarhub

‘बजारमा सिटामोलको अभाव छैन’


८ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल औषधि लिमिटेडले देशभर डेंगीको सङ्क्रमण बढेको अवस्थामा समेत बजारमा सिटामोलको अभाव रहेको भन्ने विभिन्न माध्यमबाट आएको गुनासोप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । 

आफ्नो प्रमुख उत्पादनको रूपमा रहेको सिटामोलको नियमित उत्पादन भइरहेको र खरिदका लागि सम्पर्क गर्ने लिमिटेडका सबै स्टकिस्टहरू, सरकारी अस्पताल तथा तीनै तहका सरकार मातहतका स्वास्थ्य आपूर्ति व्यवस्थापन निकायहरूलाई माग अनुसारको परिमाणमा सिटामोलको तत्काल आपूर्ति गर्दै आइएको लिमिटेडले जानकारी गराएको छ । 

साथै पछिल्लो समयमा बढ्न गएको डेंगीको सङ्क्रमणलाई ध्यानमा राख्दै सर्वसाधारणका लागि सिटामोलको सहज उपलब्धता गराउने उद्देश्यले लिमिटेडको काठमाडौँ, बबरमहलस्थित बिक्री महाशाखाको काउन्टरबाट जो कोहीले पनि आवश्यकता अनुसारको सिटामोल बिहान ८ः०० बजेदेखि साँझ ६ः०० बजेसम्म खरिद गर्नसक्ने व्यवस्था मिलाइएको समेत जानकारी दिइएको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०८१, बिहीबार  १२ : ५६ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक