जानिराखौँ मोबाइललाई चार्ज गर्दा गर्नै नहुने काम « Khabarhub

जानिराखौँ मोबाइललाई चार्ज गर्दा गर्नै नहुने काम


८ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


522
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आजकल हामी स्मार्टफोनमा धेरै निर्भर भएका छौँ। या सम्मकी स्मार्टफोन बिना एक मिनेट पनि कल्पना गर्न असम्भव भएको छ । या सम्म मोबाइल फोन प्रयोग गर्छौँ कि किनमेल, बिल भुक्तानी, टिकट बुकिङदेखि लिएर हामी वरपरका परिवार र साथीभाइसँग जोडिन पनि माेबाइलकाे प्रयाेग गर्छौँ । यसले हाम्रा दैनिक कामहरूमा निकै सहयोग पुर्‍याएको छ । तर, अर्कोतिर यसको बेफाइदा पनि छ । त्यो हो– हामीले चलाउने स्मार्टफोनको ब्याट्री धेरै नटिक्नु ।

त्यसैले हामी मोबाइललाई पावरमा जोडिरहेका हुन सक्छौँ, मोबाइल जति बेलै चार्ज गर्न खोजिरहेका पनि हुन सक्छौँ । तर, मोबाइल चार्ज गर्दा केही कुराहरूमा चाहिँ ध्यान दिनु पर्ने हुन्छ ।

मोबाइल धेरै बेर चार्जमा नजोड्नोस् – सामन्यतयाः तीन घण्टाभन्दा बढी मोबाइल चार्जरमा जोडिरहनु हुँदैन । त्यसैले राति मोबाइलमा चार्जर जोडेर छोड्ने बानी छ भने हामी त्यसबाट सतर्क हुनुपर्छ ।

पावर बैंक वा डुप्लिकेट चार्जर – पावर बैंक वा डुप्लिकेट चार्जरले मोबाइल चार्ज गर्ने बानी छ भने आजैदेखि यो बानी पनि हटाउनोस् ।  यसले हाम्रो मोबाइलको ब्याट्री निकै छिटो बिग्रने समस्या हुनसक्छ ।

चार्ज गर्दै नचलाउने – मोबाइललाई चार्ज गर्दै चलाउने बानी छ भने आजैदेखि यस्तो बानी त्याग्नोस् । सबैभन्दा खराब यो बानीले तपाईँको ज्यानै पनि लिन सक्छ ।

चार्ज लाउँदै बोल्न नहुने – मोबाइललाई चार्जमा लगाउँदै फोनमा बोल्ने तपाई हाम्रो बानी छ भने त्यो पनि खराब नै हो । चार्ज गरिरहेका बेला नै मोबाइलमा बोलिदा अधिक सक्रिय अवस्थामा रहेका इलेक्ट्रो म्याग्नोटिक्स वेभबाट निस्कने रे अर्थात् विकिरणले मानव शरीरलाई घात गर्छ ।

मोबाइल चलाउँदै चार्ज गर्दा विद्युत् सर्ट हुने खतरा बढी हुन्छ । यसले तपाईँको मोबाइल पड्किएर तपाईँको ज्यान पनि लिन सक्छ । एजेन्सीको सहयोगमा 

प्रकाशित मिति : ८ कार्तिक २०८१, बिहीबार  २ : ०७ बजे

अख्तियार दुरुपयोग राज्य र सामाजिक न्यायमाथिको गम्भीर चुनौती : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले अख्तियार दुरुपयोग कुनै सामान्य त्रुटि नभएर

कार्यालय प्रमुखले नै भ्रष्टाचार नियन्त्रणको जिम्मा लिनुपर्छ : प्रधानमन्त्री कार्की

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचार नियन्त्रणका लागि हामीसँग पर्याप्त

उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेविका र छात्रा नगदसहित पुरस्कृत

खोटाङ– कनककुमारी पोखरेल स्मृति प्रतिष्ठानले रावाबेँसी गाउँपालिकाका छ जना उत्कृष्ट

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा आज पनि सुनको मूल्यमा वृद्धि भएको छ

दुई अतिवादीको चपेटामा झापा-५ , भुइँको लोभमा पोल्टाको नगुमोस्

यतिबेला फागुन २१ गते हुन लागेको प्रतिनिधि सभाको निर्वाचनले झापा-५