लोसपाका उपाध्यक्ष चन्द्रकान्त चौधरी राष्ट्रिय मुक्ति क्रान्तिमा प्रवेश « Khabarhub

लोसपाका उपाध्यक्ष चन्द्रकान्त चौधरी राष्ट्रिय मुक्ति क्रान्तिमा प्रवेश


८ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौं सत्ता साझेदार लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका उपाध्यक्ष चन्द्रकान्त चौधरीले राष्ट्रिय मुक्ति क्रान्ति नेपालमा प्रवेश गरेका छन् ।

राजेन्द्र महतो नेतृत्वको मुक्ति क्रान्ति पार्टीले विज्ञप्तिमार्फत प्रतिनिधिसभा सदस्यसमेत रहिसकेका उपाध्यक्ष चौधरीले लोसपा परित्याग गरेको जनाएको छ ।

मुक्ति क्रान्तिले अर्को सत्ता साझेदार नागरिक उन्मुक्ति पार्टीका वरिष्ठ नेता योगेन्द्र घिसिङ र बागमती प्रदेश समिति अध्यक्ष दलबहादुर तामाङले पनि दल त्याग गरेर आफ्नो पार्टी प्रवेश गरेको जनाएको छ । 

मुक्त क्रान्तिका अनुसार नागरिक उन्मुक्तिकै केन्द्रीय सचिवालय सदस्य ओमप्रकाश चौधरी पनि उक्त पार्टीमा समाहित भएका छन् ।

जनजाति कल्याण आश्रम नेपालका केन्द्रीय महासचिव प्रेमप्रसाद राई पनि दर्जनौं समर्थकसहित पार्टीमा समाहित भएका विज्ञप्तिमा उल्लेख छ । सबै नेताहरूलाई खादामाला लगाई पार्टी अध्यक्ष महतोले पार्टी प्रवेश गराएको मुक्ति क्रान्तिले जनाएको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०८१, बिहीबार  ५ : ४१ बजे

एमाले महाधिवेशनः पृथ्वीसुब्बाको संयोजकत्वमा माइन्युट कमिटी गठन

काठमाडौं – नेकपा (एमाले)ले एघारौँ महाधिवेशनको निर्णय र छलफलहरूलाई औपचारिक

बालेनको आवाज रहेको ‘आम नेपाली बुवा’ र्‍याप सार्वजनिक (भिडियोसहित)

काठमाडौं – चलचित्र ‘झरीपछिको इन्द्रेणी’को गीत ‘आम नेपाली बुबा’ सार्वजनिक

सन्दीप लामिछानेले बंगलादेश प्रिमियर लिग खेल्ने

काठमाडौं – नेपालका प्रमुख लेग स्पिनर सन्दीप लामिछानेले बंगलादेश प्रिमियर

कैलालीकाे बासपानी सामुदायिक वन क्षेत्रबाट अवैध काठ बरामद

सुदूरपश्चिम – कैलालीको चुरे गाउँपालिका–५ स्थित बासपानी सामुदायिक वन क्षेत्रबाट

ट्रम्पले भनेः अमेरिकी अर्थतन्त्रलाई इतिहासकै बलियो अवस्थामा छ

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार प्रकाशित वाल स्ट्रिट