आजको मौसम : देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव « Khabarhub

आजको मौसम : देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव


९ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


633
Shares
  • change font
  • change font
  • change font

काठमाडौं देशभर पश्चिमी वायुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै कोशी प्रदेशमा बंगालको खाडीमा विकसित चक्रवात ‘दाना’ को आंशिक प्रभाव समेत रहेको छ।

हाल कोशी प्रदेश लगायत बाँकी पहाडी भू-भागमा आंशिक देखि साधारणतया  बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो कोशी र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश लगायत देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन-चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै आज राती कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।कोशी प्रदेशका  एक-दुई स्थानमा मेघ गर्जन-चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टा कोशी प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन-चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकोले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०८१, शुक्रबार  ६ : ३० बजे

बाढी-पहिरो : बिपी र पृथ्वी राजमार्ग अवरुद्ध, कुन सडकको अवस्था के ?

काठमाडौँ – बागमती, गण्डकी र कर्णाली प्रदेशअन्तर्गतका विभिन्न मुख्य राजमार्ग

पोखरामा जग्गाको कित्ताकाट खुल्यो

गण्डकी – पोखरा महानगरपालिकाले भू–उपयोग वर्गीकरण गरेसँगै जग्गाको कित्ताकाट खुलेको

काल्भर्ट-लेविन चम्किँदा न्युकासलमाथि लिड्सले गर्‍यो चार गोल

काठमाडौँ – इङ्लिस प्रिमियर लिगमा लिड्स युनाइटेडले न्युकासल युनाइटेडमाथि ४–१

भोटेकोशी बाढीः १३ सय ९५ शव फेला : पाँच हजार अझै बेपत्ता

काठमाडौँ – भोटेकोशी बाढीमा परी हालसम्म एक हजार ३९५ जनाको

प्रतिनिधिसभाको बैठक बस्दै: के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे