डेङ्गी नियन्त्रणका लागि देशभरका कार्यालयमा सरसफाइ अभियान « Khabarhub

डेङ्गी नियन्त्रणका लागि देशभरका कार्यालयमा सरसफाइ अभियान


९ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले डेङ्गी नियन्त्रणका लागि आज देशभरका कार्यालयमा सरसफाइ अभियान सञ्चालन गरेको छ । सरकारले डेङ्गीको सङ्क्रमण बढिरहेकाले आजदेखि देशव्यापी रूपमा लामखुट्टेको वासस्थानको ‘खोज र नष्ट गर’ अभियान थालेको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले स्वास्थ्य मन्त्रालयसहित सिंहदरबारभित्रका मन्त्रालयहरू, संवैधानिक निकाय, सेना, प्रहरी, सशस्त्रलगायत विभिन्न कार्यालयका कर्मचारी सरसफाइ अभियानमा सहभागी भएको जानकारी दिए ।

स्वास्थ्य मन्त्रालयले डेङ्गी रोकथाम तथा नियन्त्रणका लागि हरेक शुक्रबार ‘१० बजे १० मिनेट’ कार्यक्रममा सहभागी हुन मन्त्रालय, विभाग, निजामति कर्मचारी, सुरक्षा निकाय, सामाजिक अभियन्ताका साथै आम नागरिकलाई आह्वान गरेको छ ।

प्रवक्ता डा बुढाथोकीले दसैँपछि डेङ्गी सङ्क्रमित बढ्नुका साथै स्वास्थ्य संस्थामा परीक्षण गराउने र भर्ना हुनेको दर पनि बढेकाले नियन्त्रणका लागि विगतका वर्षमा झैँ खोज र नष्ट अभियान सञ्चालन गरिएको बताए । उनले भने, ‘आम नागरिक, सेना, प्रहरी, कर्मचारी सबैलाई यो अभियानमा सहभागी हुन अनुरोध गरेका छौँ ।’

शुक्रबारमा मात्र सीमित नराखी कम्तीमा हप्तामा एक पटक भए पनि अभियानमा सहभागी भएमा डेङ्गी नियन्त्रण गर्न सकिने प्रवक्ता डा बुढाथोकीले उल्लेख गरे  । डेङ्गी सङ्क्रमणबाट सुरक्षित हुन सरसफाइमा विशेष ध्यान दिनुपर्ने भन्दै आफ्नो गाउँटोल सफा राख्न उनले सबैलाई आग्रह गरे ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)का अनुसार हालसम्म डेङ्गी सङ्क्रमितको सङ्ख्या २२ हजार ८२ पुगेका छन् ।

देशभर ७६ जिल्लामा डेङ्गी फैलिएको छ । काठमाडौँ, कास्की, तनहुँ, चितवन र पर्वतमा सङ्क्रमितको सङ्ख्या बढी देखिएको छ । हालसम्म डेङ्गीबाट ११ जनाको मृत्यु भइसकेको छ ।

डेङ्गी नियन्त्रणका लागि पानी जम्मा गरी राखिएका पानीको ट्याङ्की, ड्रम, गाग्री, बाल्टिनलाई लामखुट्टे छिर्न नपाउने गरी राम्रोसँग छोपेर राख्ने, आफ्नो घर वरपर, कार्यस्थल र सार्वजनिक स्थानमा फालिएका काम नलाग्ने भाँडाकुँडा, सिसी, बोतल, टीका बट्टा, प्लास्टिकजन्य वस्तु तथा पानी जन्म नसक्ने अन्य भाँडा तथा सामग्रीलाई पानी नजम्ने गरी व्यवस्थापन गर्नुपर्छ ।

यो पनि पढ्नुहोस् : 

सिँचाइमन्त्री खड्का सरसफाइ अभियानमा

प्रकाशित मिति : ९ कार्तिक २०८१, शुक्रबार  २ : ५१ बजे

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन

एनपीएलमा श्रीलंकन कप्तान चरिथ असलंकाले विराटनगरबाट खेल्ने

काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो

कृष्णभीरको सडक खुलेपछि तुइनखोलामा पनि सञ्चालन

नारायणगढ – पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभीरमा गएको पहिरोपछि खोलिएको नयाँ ट्र्याकबाट

भोटेकोशी बाढी : ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता

काठमाडौं – भोटेकोशीे बाढीमा परेर ३६ देशका ६०६ विदेशी पर्यटक