मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउने प्रयासमा छु : मन्त्री अधिकारी  | Khabarhub Khabarhub

मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउने प्रयासमा छु : मन्त्री अधिकारी 


९ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउने आफ्नो प्रयास रहेको बताएका छन् ।

नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको कृषिमा लगानी दशक सान्दर्भिकता र निजी क्षेत्रको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममामा मन्त्री अधिकारीले कृषि क्षेत्रमा लागेकाहरूको सुझाव कार्यान्वयन गर्नका लागि आफ्नो सकारात्मक प्रयास हुने पनि  बताए ।

सरकारले कतिपय कृषि उपजहरूको आयातमा रोक लगाइएको भन्दै मन्त्री अधिकारीले कृषिमा अनुदान दुरुपयोग गर्ने लाई कारबाहीको दायरामा ल्याउन जरुरी छ भने । कृषिको विकासको लागि थप लगानी वृद्धि गर्न  जरुरी रहेको मन्त्री अधिकारीले बताए ।

मन्त्री अधिकारीले निजी  क्षेत्र सँग सहकार्य गर्न मन्त्रालय तयार रहेको र लगानी दशक सफल बनाउन निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण हुने भएकाले निजी क्षेत्रलाई कृषिमा लगानी बढाउन आग्रह पनि गरे  ।

गरिबीबाट मुक्ति पाउनका लागि पनि प्रत्येक परिवार कम्तीमा  कृषिमा आत्मनिर्भर हुन जरुरी छ भन्दै मन्त्री अधिकारीले  पछिल्लो समय कृषि कर्म गर्नेहरूको संख्या घट्नु चिन्ताको विषय  भएको  बताए ।

मन्त्री अधिकारीले आफ्नो ध्यान कृषि कर्मगर्नेहरुलाई प्रोत्साहन गर्नमा केन्द्रित रहेको बताए । कृषिमा सहज लगानीको वातावरण बनाउन अवयस्क रहेको भन्दै मन्त्री अधिकारीले लगानी दशक सफल बनाउन यो अनिवार्य सर्त हुनेमा जोड दिए ।

प्रकाशित मिति : ९ कार्तिक २०८१, शुक्रबार  ३ : ५५ बजे

दोलखाको यलुङरी हिमालमा हिमपहिरो, तीन जनाको मृत्यु, आठ बेपत्ता

दोलखा– गौरीशङ्कर गाउँपालिका–९ स्थित गौरीशङ्कर तथा रोल्वालिङ हिमशृङ्खलाअन्तर्गत आरोहणका लागि गएका

मन्त्री कुलमानको स्पष्टीकरण- राजीनामा दिन लागेको कुरा गलत

काठमाडौं– सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा ऊर्जा, खानेपानी र सिँचाइ

अष्ट्रेलियाका जोस ब्राउन सुदूरपश्चिम रोयल्समा अनुबन्धित

काठमाडौं– सुदूरपश्चिम रोयल्सले आगामी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

जेन-जी आन्दोलनमा ज्यान गुमाएका ४५ जनालाई शहीद घोषणा गर्ने सरकारको निर्णय

काठमाडौं– सरकारले जेन-जी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीद

सञ्चारमन्त्री खरेलसँग गणतन्त्र कोरियाका राजदूत योङको भेट

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसँग नेपालका लागि गणतन्त्र