पाँच करोड ठगी कम्बोडियामा लुकेका सुजन समातिए, प्रेमिका बिनु पनि पक्राउ परिन् « Khabarhub

पाँच करोड ठगी कम्बोडियामा लुकेका सुजन समातिए, प्रेमिका बिनु पनि पक्राउ परिन्


९ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आफूलाई पत्रकारसमेत बताउने सुजन आचार्य अन्तत: पक्राउ परेका छन् । एक पटक लुटपाट अभियोगमा पक्राउ परेर जेल पुगिसकेका उनलाई अर्को अपराधमा प्रहरीले कम्बोडियाबाट पक्राउ गरेको हो।

वैदेशिक रोजगारी ठगी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका उदयपुरको त्रियुगा नगरपालिका–१० निवासी सुजन आचार्यलाई शुक्रबार नेपाल ल्याइएको हो ।

इन्टरपोल र कम्बोडिया प्रहरीको समन्वयमा पक्राउ गरी उनलाई शुक्रबार नेपाल ल्याइएको नेपाल प्रहरीले जनाएको छ।

वैदेशिक रोजगारीमा सिंगापुर पठाइदिन्छु भनेर उनले ४० जनाभन्दा बढी व्यक्तिहरूबाट ५ करोड २ लाख ९४ हजार रूपैयाँ ठगेर विदेशतिर लुकेका थिए ।

उनले प्रेमिका बिनु शाक्यसँग मिलेर करोडौँ ठगी गरेको प्रहरीले जनाएको छ। १९ माघ २०८० मा नेपाल प्रहरीको सिफारिसमा आचार्यविरुद्ध इन्टरपोलले रेड नोटिस जारी गरेको थियो।

सुजनविरूद्ध २०७९ जेठ १३ गते जिल्ला प्रहरी परिसर काठमाडौंमा विद्युतीय कारोबारसम्बन्धी कसुर र २०८० वैशाख २५ गते प्रहरी वृत्त महाराजगञ्जमा ठगी तथा अपराधिक लाभसम्बन्धी कसुरमा जाहेरी परेको थियो ।

उनीहरू दुवैजना गत असोज १ गते नै कम्बोडियामा पक्राउ परेका थिए। पक्राउ परेका आचार्यलाई नेपाल ल्याएर मुद्दा अघि बढाइएको छ ।

पक्राउ परिसकेकी उनकी प्रेमिका शाक्यलाई पनि ल्याउने प्रक्रिया भइरहेको प्रहरीले जनाएको छ। यसअघि पनि आचार्य ठगी र लुटपाटलगायत घटनामा जेलसमेत पुगेर छुटेका व्यक्ति हुन् ।

प्रकाशित मिति : ९ कार्तिक २०८१, शुक्रबार  ६ : १३ बजे

विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने प्रस्ताव

काठमाडौं- सरकारले विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्ड सरकारसँग सहकार्य गर्न

बागलुङको दुर्गम गाउँमा बन्यो पाँच श्ययाको अस्पताल

गलकोट (बागलुङ)- जिल्लाको तमानखोला गाउँपालिका-५ खुङ्खानीमा पाँच श्ययाको आधारभूत अस्पताल

‘पञ्चकन्या जाल्पादेवी’ मन्दिर प्रचारप्रसार नहुँदा ओझेलमा पर्दै

भोजपुर- भोजपुरको हतुवागढी गाउँपालिका-४ कटहरे लुङथुङमा अवस्थित धार्मिक तथा ऐतिहासिक

विद्यार्थीलाई सीप सिकाउन कपाल काट्ने तालिम दिइँदै

म्याग्दी- म्याग्दी जिल्लास्थित बेनी नगरपालिका-४ तातोपानीस्थित सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीलाई

सेवाग्राहीका घरमा राहदानी पुर्‍याउँदै चितवन प्रशासन

चितवन- जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी लिन अब