जनकपुरधामका पोखरीहरूमा छठपर्वको तयारी सुरु « Khabarhub

जनकपुरधामका पोखरीहरूमा छठपर्वको तयारी सुरु


९ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– जनकपुरधामका गोरधोइ पोखरीहरूमा छठपर्वको तयारी थालिएको छ । पोखरीका सहरका रूपमा प्रसिद्ध जनकपुरधामका पोखरीमा छठपूजाका लागि यहाँका स्थानीय समिति, छठपूजा समिति र स्थानीय युवा क्लबहरूले त्रिपाल र पण्डाल लगाउन सुरु गरेको राम युवा कमिटीका अध्यक्ष सरोज साहले जानकारी दिए ।

तराई–मधेसका महिलाले आफ्नो परिवार र सन्तानको सुख समृद्धिको कामना गर्दै छठपूजा गर्ने गर्छन् । यस वर्ष छठ पर्वको मुख्य दिन यही कात्तिक २२ गते कात्तिक शुक्ल षष्ठीको दिन परेको छ । छठ पर्व विशेष गरी कात्तिक शुक्ल चतुर्थीका दिनदेखि आरम्भ भई षष्ठीको दिनसम्म मनाउने गरिन्छ ।

जनकपुरधामको गङ्गासागर, धनुषसागर, अङ्गराज सागर, दशरथ तलाउ, जानकी सरोवर, गोरधोइ, अग्निकुण्ड, दूधमति, जलाइद, रत्नसागरलाई स्थानीय युवा क्लबले सजाउन थालेका छन् ।

जनकपुरधाम उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष जीतेन्द्रकुमार महासेठले छठका अवसरमा जनकपुरधाममा सरसफाइ अभियान सुरु गरिएको बताए ।

उनले यस अवसरमा व्यापारिक चहलपहलसमेत बढेको बताए । गङ्गासागर पोखरीमा परापूर्वकालदेखि छठपूजा हुँदै आएको संस्कृतिका जानकार डा राजेन्द्र विमल बताउँछन्  ।

दर्शनार्थीलाई सहजरुपमा छठ पूजा गर्न मिलोस् भनेर व्यवस्थापन गर्न लागिएको स्थानीय महावीर युवा कमिटीका अध्यक्ष अजय गुप्ताले बताए । विगतका तुलनामा  यस वर्ष आकर्षक बत्ती र पण्डाल राखिने छठपूजा समितिले जनाएको छ ।

अध्यक्ष गुप्ताले भने, ‘छठपूजाको मुख्य आकर्षण पण्डाल हो । पण्डाल जति आकर्षक बनाउन सकियो  त्यति सुन्दर र भव्य देखिन्छ ।’

छठपर्वका लागि आवश्यक खर्च व्यवस्थापन गर्न ऐच्छिक रूपमा पाँच सय रुपैयाँको टिकट बिक्री गर्ने तयारी गरिएको छ । विगतमाझैँ यो वर्ष पनि जनकपुरधामका विभिन्न पोखरीको चारैतर्फ झिलिमिली बत्ती, पण्डाल र रङ्गीचङ्गी फूलहरूले सजावट गरिनेछ ।

प्रकाशित मिति : ९ कार्तिक २०८१, शुक्रबार  ७ : ४० बजे

भोटेकोशी बाढी : हालसम्म १ हजार ३ सय ८६ जनाको शव फेला

काठमाडौं- रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आइतबार दिउँसो २:००

अध्यक्ष ओलीलाई ध्यानाकर्षण पत्र बुझाइयो 

काठमाडौं– छापा माध्यम बचाउ सुझाव कार्यदलले लोककल्याणकारी विज्ञापनबापत उपलब्ध गराइने

उत्तरी नाइजेरियामा ६ जना धार्मिक गुरु अपहरण

जाम्फारा, नाइजेरिया- उत्तरी नाइजेरियाको जाम्फारा राज्यमा हतियारधारी समूहले ६ जना

छिमेकमा ब्रिक्स सम्मेलन : नेपाल न टेबलमा, न मेनुमा ?

काठमाडौं- नयाँ दिल्लीमा शनिबार र आइतबार दुई दिनसम्म चलेको १८औँ

विश्व अर्थतन्त्र सुधार्न दिल्लीमा शक्तिराष्ट्रको कसरत, नेपाल बेखबर

भारतको राजधानी नयाँ दिल्लीमा विश्व अर्थतन्त्र र बदलिँदो भू–राजनीतिक शक्तिसन्तुलनसँग