भर्जील भान डाइकरले रोनाल्डो र मेस्सीलाई जिते « Khabarhub

भर्जील भान डाइकरले रोनाल्डो र मेस्सीलाई जिते


१३ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लिभरपुल डिफेन्डर भर्जील भान डाइकले क्रिस्टियानो रोनाल्डो र लिओनेल मेस्सीलाई पछी पार्दै यूईएफए वर्ष सर्वोत्कृष्ट खेलाडी अवार्ड जितेका छन् । महिलातर्फ भने इंग्ल्यान्डकी लुसी ब्रोन्जले सर्वोत्कृष्ट महिला खेलाडी अवार्ड जितिन् ।

२७ वर्षे भान डाइन सन् २०१८ मा ७५ मिलियन पाउन्डमा लिभरपुल भित्रिएका थिए । गत सिजन लिभरपुललाई च्याम्पियन्स लिगको उपाधि जिताउनमा भान डाइकको ठूलो भुमिका रहेको थियो ।

सिजन अवधिभर भान डाइनले २१ क्लिन सिट राख्न समेत मद्दत गरेका थिए । उनको प्रदर्शन स्वरुप उनले पिएफएको उत्कृष्ट खेलाडीको उपाधि जितेका थिए ।

सन् २०११ देखि सुरु भएको यस अवार्डमा रोनाल्डोले सबै सिजनको मनोनयनमा स्थान बनाउँदै ३ पटक उपाधि जितेका छन् । मेस्सीले भने सन् २०११ र २०१५ मा यस उपाधि जितेका थिए ।

गत सिजन रियल म्याड्रिडका लुका मोड्रीचले यो अवार्ड जितेका थिए । यसपटक मनोनयनमा परेका रोनाल्डो र मेस्सी दुवै लगातार दोस्रो सिजन उपाधिबाट बन्चित रहे ।

प्रकाशित मिति : १३ भाद्र २०७६, शुक्रबार  ७ : ४० बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी