अनियमितता गर्ने छुट कसैले पाउँदैन : ईश्वर पोखरेल « Khabarhub

अनियमितता गर्ने छुट कसैले पाउँदैन : ईश्वर पोखरेल


१० कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गण्डकी– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अनियमितता गर्ने जो कोहीलाई छुट नहुने बताएका छन् ।

एमाले कास्कीद्वारा शनिबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले अनियमिततामा संलग्न जो कोहीलाई कानुनअनुसार कारबाही हुने बताए।

भ्रष्टाचार र आर्थिक अनियमिततामा संलग्न जो कोहीलाई कानुन र विधिसम्मत ढंगले कारवाही हुने स्पष्ट पार्दै उनले देशमा अराजकता फैलाउने र सद्भाव खलबलाउने छुट कसैलाई नभएको बताए।

राष्ट्रको आवश्यकताअनुसार देशका प्रमुख राजनीतिक दल एक ठाउँमा भएको बताउँदै उनले आफूहरू कानूनका पक्षमा रहेको उल्लेख गरे। हाम्रा चाडपर्वहरू सामाजिक सद्भावका आधार रहेको उल्लेख गर्दै नेता पोखरेलले यस्ता चाडपर्वले सामाजिक सद्भाव र एकतालाई मजबुत बनाउने बताए ।

एमाले गण्डकी प्रदेश इन्चार्ज किरण गुरुङले लोकतन्त्रको विकल्प अरु हुन नसक्ने बताउँदै समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य पूरा गर्न निशारालाई चिर्दै अघि बढ्नुपर्नेमा जोड दिए।

 एमाले स्थायी कमिटी सदस्य एवम् गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले राजनीतिक प्रणालीलाई सुदृढ गर्दै सुशासनको अभियानमा लाग्नुपर्नेमा जोड दिए। 

नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले देश र जनताका पक्षमा एकाकार भएर लाग्नुपर्ने बताउँदै अदालतमा प्रवेश भइसकेका विषयलाई सडकबाट प्रभावित गराउन खोज्न नहुने बताए।

प्रकाशित मिति : १० कार्तिक २०८१, शनिबार  ३ : ४३ बजे

फ्रान्स विश्वकपको अघिल्लो चरणमा : ३-० ले पराजित इराक बाहिरियो

काठमाडौँ – साढे दुई घण्टासम्म अवरुद्ध भएको खेलमा इराकलाई ३–०

इराकविरुद्ध एमबाप्पेले गरे दुई गोल

काठमाडौँ – विश्वकप अन्तर्गत अहिले फ्रान्स र इराकको खेल जारी

मेसीले रचे इतिहास: १८ गोलसहित बने विश्वकपकै उच्च गोलकर्ता

काठमाडौँ – अर्जेन्टिनाका कप्तान लियोनल मेसीले फिफा विश्वकपको इतिहासमा सर्वकालीन

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल असार ९ गते मंगलबार सन् २०२६