‘काण्ड मिलाउन बनेको सरकार नसुध्रिए सडकदेखि संसद्‌सम्म प्रतिरोध’ « Khabarhub

‘काण्ड मिलाउन बनेको सरकार नसुध्रिए सडकदेखि संसद्‌सम्म प्रतिरोध’


१० कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नक्कली भुटानी शरणार्थीलगायतका विभिन्न काण्डका मुद्दाहरू सवालमा सरकारलाई गम्भीर चुनौती दिएका छन्‌ । सरकार नसुध्रिए सडकदेखि संसद्‌सम्मै प्रतिरोध गर्ने चेतावनी दाहालले दिएका हुन्‌ ।

शनिबार काठमाडौंमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै दाहालले नक्कली भुटानी शरणार्थी, बाँसबारी, गिरीबन्धु, बालमन्दिरलगायत काण्डबारे प्रश्न गरेका हुन् । 

‘प्रश्नको जवाफ दिने ल्याकत यो सरकारसँग छैन किन भने यो सरकार यी काण्ड खोतल्न होइन, मिलाउन बनेको हो,’ पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले भने । 

आफ्नो नेतृत्वको सरकारले गरेको सुशासनका अभियानलाई सरकारले अवरुद्ध गरेको उल्लेख गर्दै उनले सत्ता पक्षीय दलका नेताहरूलाई सच्चिन सुझाव दिए । 

‘नत्र संसद् र सडकमा तपाईंहरूले त्यो प्रतिरोध देख्नुपर्नेछ । जसको तपाईंहरूले कल्पना गर्नुभएको छैन,’ दाहालले भने, ‘बाढीपहिरो र विपत्तिमा नदेखिने सरकार दल विभाजन गर्ने अध्यादेश ल्याउन, उपसभामुख हटाउन र विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हटाउन देखिन्छ । यो हर्कत सरकारका लागि महँगो पर्ने छ ।’

प्रकाशित मिति : १० कार्तिक २०८१, शनिबार  ४ : ४१ बजे

रास्वपा महाधिवेशन : मुख्य दल सबैलाई निमन्त्रणा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलोपटक महाधिवेशन गर्दैछ ।

रुपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा सात चिनियाँ नागरिक पक्राउ

भैरहवा – रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ बाट अवैध रूपमा क्रिप्टोकरेन्सी कारोबार

विश्वकप २०२६ मा आक्रमणकारी फुटबलको दबदबा, गोल औसत ६८ वर्षयताकै उच्च

काठमाडौं – फिफा विश्वकप २०२६ को विभिन्न समुह अन्तर्गत पहिलो

सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैन : अर्थमन्त्री डा वाग्ले

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राज्य सञ्चालन गर्नका लागि

मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण

कालीकोट – जिल्लाको नरहरिनाथ गाउँपालिकाले मौरीपालक किसानलाई आधुनिक प्रविधिका सामग्री