प्रमुख अतिथि नबनाएपछि नेता बस्नेतले कांग्रेसकै कार्यक्रम भाँड्न खोजेको आरोप « Khabarhub

प्रमुख अतिथि नबनाएपछि नेता बस्नेतले कांग्रेसकै कार्यक्रम भाँड्न खोजेको आरोप


१३ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक– नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले आफूलाई एक कार्यक्रममा प्रमुख अतिथि नबनाएको निहुँमा कार्यक्रम नै भाड्न खोजेको जिल्ला नेताहरुले आरोप लगाएका छन् ।

नेपाल महिला संघले आयोजना गरेको मंगलादेवी स्मृति दिवसको कार्यक्रममा नेता बस्नेतलाई प्रमुख अतिथि नबनाएपछि उनले कार्यक्रम नै भाड्न खोजेको आरोप लगाइएको हो ।

गत मंगलबार मंगलादेवी सिंहको २३ औँ स्मृति दिवस मनाइयो ।  महिला संघ जिल्ला शाखाले बाह्रबिसेमा ‘कांग्रेसमा महिलाको अवस्था र पहुँच’ विषयक कार्यक्रम आयोजना गरेको थियो ।

महिला संघको कार्यक्रममा प्रमुख अतिथिका रुपमा महिला नै बनाइएको र नेता बस्नेतलाई विशेष अतिथिका रुपमा निम्त्याइएको भए पनि उनी विशेष अतिथिको रुपमा उपस्थित भएनन् ।

सोही दिन उनले आक्रोश मात्र पोखेनन् लामोसाँघुमा जनजागरण कार्यक्रम नै आयोजना गर्न क्षेत्रीय समितिलाई निर्देशन समेत दिएर उक्त कार्यक्रमको प्रमुख अतिथि समेत बने ।

कांग्रेसका एक जिल्ला नेताले भने, ‘महिला संघको कार्यक्रम भाँड्नको लागि नेता बस्नेतले कार्यक्रम गरेका थिए तर, उनले सोचेजस्तो भएन जागरुण कार्यक्रममा भन्दा महिला संघको कार्यक्रममा उत्साहजनक सहभागिता थियो ।’

महिला संघ जिल्ला सदस्य पाल्साङ लामाले आफूलाई नेता बस्नेतले महिला संघको कार्यक्रममा नजान धम्कीसमेत दिएको आरोप लगाएकी छिन् ।

प्रकाशित मिति : १३ भाद्र २०७६, शुक्रबार  ७ : ५९ बजे

केपी ओलीलाई रविको चुनौती : पार्टीमा जस्तै संसदीय चुनाव पनि जितेर देखाउनू

काठमाडौं- राष्ट्रिय स्वन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाली कांग्रेर र

‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत ‘जब फर्किन्छ घर’ सार्वजनिक

काठमाडौं – गत शुक्रबारदेखि प्रदर्शनरत फिल्म ‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत

भोजपुरको पाँचधारेमा बौद्धस्तूप निर्माण

भोजपुर– टेम्केमैयुङ गाउँपालिका-९ पाँचधारेमा पर्यटकीय तथा धार्मिक क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले

भक्तपुरमा एक महिनामा १४ वटा जघन्य अपराध

भक्तपुर– भक्तपुरमा पछिल्लो एक महिनामा १४ वटा जघन्य अपराधका घटना घटेका

चिसोबाट दमरोगीलाई कसरी बचाउने ?

श्वासप्रश्वास रोग मानिसको मृत्यु गराउने रोगमध्ये विश्वको चौथो प्रमुख रोगमध्ये