इङ्लिस प्रिमियरसिपमा म्यानचेस्टर सिटीको अग्रता « Khabarhub

इङ्लिस प्रिमियरसिपमा म्यानचेस्टर सिटीको अग्रता


११ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

लन्डन – इङ्लिस प्रिमियरसिपमा म्यानचेस्टर सिटीले अग्रता कायम गरेको छ। सिटीले शनिबार भएको खेलमा साउथहाप्टनलाई १-० ले हरायो। सिटीका लागि एर्लिङ हलान्डले पाँचौँ मिनेटमा गोल गरेका थिए।

हलान्डको जारी प्रिमियर सिपको सो गोल नवौँ थियो। ९ खेल खेलेको सिटीको २३ तथा ८ खेल खेलेको लिभरपुलको २१ अङ्क छ। लिभरपुलले आइतबार आर्सनलको सामना गर्नेछ।

एएफसी बोर्नमाउथसँग १-१ गोलको बराबरी गरेको अस्टन भिल्ला तेस्रो स्थानमा छ। ९ खेलमा भिल्लाको १८ अङ्क छ। बर्नमाउथ १२ अङ्क सहित ११ औँ स्थानमा छ।

बर्नमाउथका स्ट्राइकर एभानिल्सनले गोल गरेसँगै खेल पनि सकिएको थियो। ६ सेकेन्ड इन्जुरी टाइम थपिएको खेलको अन्त्यमा बर्नमाउथले फ्रिकिक पाएको थियो। टोलीका गोलरक्षक लगायत सबै खेलाडी आक्रमणमा उत्रिएका थिए। मार्कस टभेनियरको फ्रिकिकमा एभानिल्सनले हेड गोल गरेका हुन्। यस अघि ७६ औँ मिनेटमा रोस र्बाकलीको हेड गोलमा भिल्लाले अग्रता लिएका थियो।

अन्य खेलमा ब्रेन्टफोर्डले इप्सविचलाई ४-३ ले हरायो भने ब्रिङटन र उल्भ्सको खेलमा १-१ गोलको बराबरी भयो । एभरटन र फुलहामको बिचमा पनि १-१ गोलको बराबरी भयो।

प्रकाशित मिति : ११ कार्तिक २०८१, आइतबार  ६ : २५ बजे

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट

मधेस प्रदेश सभामा आज सभामुख चयन गरिँदै

काठमाडौं– मधेस प्रदेश सभामा आज सभामुख पदका लागि निर्वाचन हुँदैछ

भारतको विश्वकप टिममा किन परेनन् शुभमन् गिल ?

काठमाडौं – आगामी आइसिसी टी–२० विश्वकपका लागि भारतीय टोलीको घोषणा

आजको मौसम : पश्चिमी वायुको प्रभाव, तराई क्षेत्रमा हुस्सु

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल