सीजीको सामान किन्दा क्यासब्याक र उपहार पाइने | Khabarhub Khabarhub

सीजीको सामान किन्दा क्यासब्याक र उपहार पाइने


१२ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : 5 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चौधरी ग्रुपअन्तर्गतको (सीजी) ब्रान्डका सामानको खरिदमा क्यासब्याक र थुप्रै पक्का उपहारहरू पाइने भएको छ । ‘नेपालमै अब्बल सीजीसँग खुशी डब्बल’ भन्ने नाराका साथ कम्पनीले चाडपर्वका बेला सामानहरू उपभोक्ताले खरिद गर्दा क्यासब्याक र थुप्रै पक्का उपहारहरू दिने भएको हो ।

सीजी इलेक्ट्राेनिक्समार्फत देशभरका विभिन्न स्टोर र डिलरहरूबाट सीजी ब्रान्डका उत्पादनहरू उपभोक्ताले सहजै खरिद गर्न सक्नेछन्  ।

कम्पनीका अनुसार अहिले बजारमा विभिन्न क्षमतामा नर्मल र स्मार्ट गुगल टिभी, क्यूलेड टिभी, अडियो सिस्टम, ट्रोल्लेय स्पीकर, मल्टिडोर रेफ्रिजेरेटर, साइट बाइ साइट रेफ्रिजेरेटर, सिंगल डोर रेफ्रिजेरेटर, भ्याकुम क्लिनर, डीसवासर, माइक्रोओभ ओभन, नन इन्र्भटर तथा इन्र्भट एयर कन्डिसनर, वाइफाइ इन्र्भटर एयर कन्डिसनर, क्लिनिङ क्यासेटे एयर कन्डिस्नर, फ्लोर स्टाण्डिङ एयर कन्डिस्नर, डिर्सट एयर कन्डिस्नर, पर्सनल एयर कोलर, टोवेर एयर कुलर, विन्डो एयर कुलर, सोकेश,चेस्ट फ्रिजर, फ्रन्ट लोडिङ वासिङ मेसिन, फ्रन्ट लोडिङ वासर ड्रायर, सेमी अटोमेटिक वासिङ मेसिन, फुल्ली अटोमेटिक टप लोडिङ वासिङ मेसिनहरु विभिन्न क्षमता र मूल्यमा आम उपभोक्ताले पाउन सक्नेछन् । ती सामानहरूको खरिदमा उपभोक्ताले आगामी छठसम्म थुप्रै उपहार तथा छुटहरू पाउन सक्नेछन् ।

सीजी ब्रान्डको गुगल टिभी ६५ र ७५ रेन्जका दुई प्रकारका छन् । जसमा ६५ रेन्जको गुगल टिभीको मूल्य १ लाख २६ हजार ६९० देखि १ लाख ३४ हजार ९९० रुपैयाँ अधिकतम मूल्य राखिएको छ । तर, आम उपभोक्ताले किन्दा एक लाख २ हजार ३९० रुपैयाँ पर्ने र २४ हजार ३०० रुपैयाँ उपभोक्ता भने उपभोक्तालाई बचत हुनेछ । त्यस्तै, ७५ रेन्जका दुई वटा गुगल टिभीको खरिदमा उपभोक्ताले ४३ हजार ६०० रुपैयाँ क्यासब्याक पाउनेछन् । जसको मूल्य १ लाख ७९ हजार ७९० रुपैयाँ देखि १ लाख ८२ हजार ९९० रुपैयाँ उपभोक्ता मूल्य पर्ने कम्पनीले जनाएको छ ।

ती गुगल टिभीको खरिदमा उपभोक्ताले ४३ हजार ६०० रुपैयाँ क्यासब्याक पाउनेछन् भने २.१ स्पीकरण निःशुल्क पाउनेछन् ।

त्यस्तै, क्यूलेड टिभी पनि ५५ रेन्ज र त्यसमाथि ६५ रेन्जमा छन् । जसको मूल्य ५५ रेन्जको ९९ हजार ८९० रुपैयाँ र ६५ रेन्जको क्यूलेड टिभीको मूल्य १ लाख ३६ हजार ५९० रुपैयाँ पर्नेछ । दुवै रेन्जको क्यूलेड टिभीको खरिदमा उपभोक्ताले ४३ हजार ६०० रुपैयाँ बराबरको क्यासब्याक र २.१ स्पीकरण निःशुल्क पाउनेछन् ।

त्यस्तै, नर्मल र स्मार्ट गुगल लिड टिभीहरू पनि ३२, ४३, ५० र ५५ रेन्जमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार, २४ रेन्जदेखि ५५ रेन्जसम्मका स्मार्ट र नर्मल गुगल लिड टिभी विभिन्न मूल्यमा छन् । जसको मूल्य १३ हजार ३९० देखि ७४ हजार ९९० रुपैयाँमा विभिन्न रेन्जका गुगल लिड टिभी बिक्रीमा राखिएको छ । जसको खरिदमा १९ हजार रुपैयाँ बराबरको क्यासब्याक पाउन सक्नेछन् । यता, विभिन्न मूल्यमा अडियो सिस्टम खरिद गर्दा ३ हजार ९०० रुपैयाँ बराबरको क्यासब्याक पाउन सकिनेछ ।

त्यस्तै, सीजी ब्रान्डकै ट्रोल्लेय स्पीकरण विभिन्न साइज र मूल्यमा उपलब्ध छन् । उक्त स्पीकरण ११ हजार ९९० रुपैयाँदेखि ३१ हजार ३९० रुपैयाँसम्ममा ६ इन्चदेखि १५ इन्चसम्म विभिन्न साइजमा उपलब्ध छन् । जसको खरिदमा उपभोक्ताले ७ हजार ८०० रुपैयाँ क्यासब्याक पाउनेछन् ।

त्यस्तै, मल्टिडोर रेफ्रिजेरेटरको खरिदमा उपभोक्ताले ३६ हजार ६०० रुपैयाँ बराबरको क्यासब्याकका साथै मेरिडीयाको भ्याकुम निःशुल्क पाउन सकिने कम्पनीले दाबी गरेको छ । साइट बाई साइट रेफ्रिजेरेट ५५० लिटर क्षमतामा १ लाख १८ हजार २९० रुपैयाँमा उपभोक्ताले खरिद गर्न सक्नेछन् । जसमा उपभोक्ताले ३६ हजार ६०० रुपैयाँ क्यासब्याक र मेरिडीयाको भ्याकुम निःशुल्क पाउन सक्नेछन् ।

त्यस्तै, डबल डोर रेफ्रिजेरेटरको खरिदमा पनि कम्पनीले क्यासब्याक अफर दिएको छ । डबल डोर फ्रिज विभिन्न मोडल र क्षमतामा खरिद गर्न सकिने र मूल्य ४३ हजार ६९० रुपैयाँ देखि ६२ हजार ७९० रुपैयाँसम्म पर्नेछ । जसको खरिदमा उपभोक्ताले १४ हजार १०० रुपैयाँ क्यासब्याक र फ्राइ प्यान निःशुल्क पाउन सक्नेछन् ।

त्यस्तै, सिंगल डोर रेफ्रिजेरेटहरु पनि विभिन्न मोडल, क्षमता र मूल्यमा उपलब्ध छन् । जसको मूल्य १५ हजार ८९० रुपैयाँदेखि ३९ हजार ३९० रुपैयाँसम्म मूल्यमा उपभोक्ताले खरिद गर्न सक्नेछन् । जसमा कम्पनीले ९ हजार ९०० रुपैयाँ बराबरको क्यासब्याक समेत उपलब्ध गराएको छ ।

त्यस्तै, सीजी ब्रान्डको भ्याकुम क्लिनर विभिन्न मोडल, क्षमता र मूल्यमा उपलब्ध छन् । जसको खरिद मूल्य ४ हजार ३९० देखि ११ हजार ६९० रुपैयाँसम्म पर्नेछ । जसको खरिदमा उपभोक्ताले ३ हजार ४०० रुपैयाँ बराबरको क्यासब्याक पाउन सक्नेछन् ।

त्यस्तै, सीजी मेरिडीया ब्रान्डको डीसवासरको खरिदमा पनि ३२ हजार रुपैयाँ बराबरको क्यासब्याक र डीसवासर कीट निःशुल्क पाउन सकिनेछ । उक्त ब्रान्डका डीसवासरहरुको मूल्य ३२ हजार ८९० रुपैयाँ देखि ७८ हजार ६९० रुपैयाँसम्म पर्नेछ ।

त्यस्तै, माइक्रोवेभ ओभन पनि विभिन्न क्षमता र मूल्यमा सीजी ग्रुपले बजारमा ल्याएको छ । २० देखि ३० लिटर क्षमतामा उपलब्ध हुने माइक्रोवेभ ओभनको मूल्य ८ हजार ९९० रुपैयाँ देखि २० हजार ९९० रुपैयाँसम्म पर्नेछ । जसको खरिदमा उपभोक्ताले कम्पनीका तर्फबाट ५ हजार ५०० रुपैयाँ बराबर क्यासब्याक र कुकिङ कीट निःशुल्क पाउन सक्नेछन् ।

त्यस्तैगरी, नन इन्भटर र इन्भटर एयर कन्डिस्नरहरु पनि विभिन्न मोडेल र मूल्यमा उपलब्ध गराएको कम्पनीले जनाएको छ ।

कम्पनीका आधिकारीक स्टोर र डिलरहरूबाट ५४ हजार ९९० देखि १ लाख १५ हजार ५९० रुपैयाँसम्ममा विभिन्न मोडेल र क्षमताका एयर कन्डिस्नर खरिद गर्न सकिनेछ । जसको खरिदमा ६० हजार ५०० रुपैयाँ क्यासब्याक र इन्स्ट्रलेसन निःशुल्क प्राप्त गर्न सक्नेछन् । वाइफाइ इन्र्भटर एयर कन्डिस्नर १ टन र १.५ टन क्षमतामा ६८ हजार ९९० रुपैयाँ र ९५ हजार ९९० रुपैयाँमा उपभोक्ताले खरिद गर्न सक्नेछन् ।

सिलिङ क्यासेट्टे एयर कन्डिस्नरहरु ९९ हजार ५९० देखि २ लाख २८ हजार ४९० रुपैयाँसम्म फरक फरक मूल्यमा खरिद गर्न सकिनेछ । जसको खरिदमा उपभोक्ताले ६० हजार ५०० रुपैयाँ क्यासब्याक पाउन सक्नेछन् ।

त्यस्तै, फ्लोर स्ट्यान्डिङ एयर कन्डिस्नरहरु पनि २ देखि ४ टन क्षमतामा १ लाख २९ हजार ४९० देखि  २ लाख १७ हजार ९९० रुपैयाँसम्म मूल्यमा उपभोक्ताले खरिद गर्न सक्नेछन् ।

त्यस्तै, डिसर्ट एयर कन्डिस्नर पनि ४० लिटर देखि १४० लिटरसम्म विभिन्न क्षमतामा उपलब्ध छन् । जसको मूल्य १२ हजार ५९० देखि ३१ हजार ६९० रुपैयाँसम्म पर्नेछ । जसको खरिदमा उपभोक्ताले ५ हजार ६०० रुपैयाँ बराबरको क्यासब्याक पाउनेछन् ।

पर्सनल एयर कन्डिस्नरहरु २२ लिटर देखि ५१ लिटर क्षमतामा ९ हजार २९० देखि १५ हजार ८९० रुपैयाँसम्म फरक फरक मूल्यमा उपलब्ध छन् । यसको खरिदमा पनि उपभोक्ताले ५ हजार ६०० रुपैयाँको क्यासब्याक समेत पाउनेछन् ।

पर्सनल एयर कुलरहरु पनि २२ लिटर देखि ५१ लिटर क्षमतामा विभिन्न मूल्यमा उपलब्ध छन् । जसको मूल्य ९ हजार २९० रुपैयाँ देखि १५ हजार ८९० रुपैयाँसम्ममा खरिद गर्न सक्नेछन् । टोवेयर एयर कन्डिस्नरहरु २२ लिटर, ३५ लिटर र ५० लिटर क्षमतामा क्रमशः १२ हजार ७९०, १५ हजार २९० र १५ हजार ६९० रुपैयाँ मूल्य पर्नेछ । त्यस्तै,  विन्डो एयर कुलर ६० लिटरको क्षमतामा १४ हजार ३९० रुपैयाँ खरिद गर्न सकिनेछ । जसमा पनि कम्पनीले ५ हजार ६०० रुपैयाँको क्यासब्याक उपलब्ध गराएको छ ।

त्यस्तैगरी, सीजी ब्रान्डकै शोकेशहरु ६० लिटर देखि ८१० लिटरसम्म विभिन्न क्षमतामा उपलब्ध छन् । जसको मूल्य १९ हजार ९९० देखि १ लाख ६५ हजार ४९० रुपैयाँसम्म पर्नेछ । जसको खरिदमा उपभोक्ताले ५३ हजार १०० रुपैयाँ बराबरको क्यासब्याक पाउन सक्ने कम्पनीले जनाएको छ ।

चेस्ट फ्रिजरहरु पनि ११० लिटर देखि ९१० लिटरसम्म विभिन्न क्षमतामा २६ हजार ९९० रुपैयाँ देखि १ लाख ८९ हजार ८९० रुपैयाँसम्म खरिद मूल्य पर्नेछ । जसको खरिदमा पनि कम्पनीले उपभोक्ताका लागि ५३ हजार १०० रुपैयाँ बराबरको क्यासब्याक उपलब्ध गराएको छ ।

सीजी ब्रान्डकै फ्रन्ट लोडिङ वासिङ मेसिनहरु ७ केजी देखि १२ केजीसम्म विभिन्न क्षमता र मूल्यमा उपलब्ध छन् । जसको मूल्इ ४९ हजार ३९० देखि ८० हजार ६९० रुपैयाँसम्म पर्नेछ । जसको खरिदमा उपभोक्ताले १८ हजार १०० रुपैयाँ बराबरको क्यासब्याक र ६ केजीको एरियल सर्फ निःशुल्क प्राप्त गर्न सक्नेछन् ।

त्यस्तै, फ्रन्ट लोडिङ वासर ड्रायर ८ र ६ केजी क्षमतामा ७३ हजार ६९० रुपैयाँ मूल्यमा उपभोक्ताले खरिद गर्न सक्नेछन् । जसको खरिदमा उपभोक्ताले १८ हजार १०० रुपैयाँको क्यासब्याक र ६ केजीको एरियल सर्फ निःशुल्क पाउनेछन् ।

त्यस्तै, सेमी अटोमेटिक वासिङ मेसिनहरु ७ केजी, ८ केजी र ९ केजी क्षमतामा उपलब्ध छन् । जसको उपभोक्ता मूल्य क्रमशः १९ हजार ६९०,  २३ हजार ६९० र २४ हजार ६९० रुपैयाँ पर्नेछ । जसको खरिदमा उपभोक्ताले ७ हजार ६०० रुपैयाँ बराबरको क्यासब्याक र ३ लिटर एरियल सर्फ निःशुल्क पाउनेछन् ।

त्यस्तै, फुल्ली अटोमेटिक टप लोडिङ वासिङ मेसिनहरु ६.५ केजी र ७.५ केजी क्षमतामा उपलब्ध छन् । जसको उपभोक्ता मूल्य क्रमशः २९ हजार ८९० र ३२ हजार ९९० रुपैयाँ पर्नेछ । जसको खरिदमा उपभोक्ताले ७ हजार ६०० रुपैयाँ क्यासब्याक र थप ३ लिटरको एरियल सर्फ निःशुल्क पाउनेछन् ।

सीजी ग्रुपले आफ्नो ब्रान्डका विद्युत्तीय सामानहरु नेपालमै उत्पादन गर्दै आएको छ ।  कम्पनीले अन्तर्राष्ट्रिय रूपमा उत्कृष्ट ब्रान्ड बनेका उत्पादनहरू इम्पोर्ट गरी आधिकारिक रूपमा बिक्री गर्ने गरेको सीजी इलेक्ट्रोनिक्सको आधिकारिक बिक्रेता सीजी इम्पेक्स प्रालिका सेल्स म्यानेजर हरिचन्द्र अर्यालले बताए ।

हेर्नुहोस सामानको मूल्यसहितको लिष्ट :

प्रकाशित मिति : १२ कार्तिक २०८१, सोमबार  २ : २८ बजे

गण्डकी प्रहरीले जित्यो आइजिपी रनिङ कप पुरुष भलिबलको उपाधि

काठमाडौं – आइजिपी रनिङ कप पुरुष भलिबल प्रतियोगिता– २०८१ को

सल्यानमा मिनी ट्रक दुर्घटना हुँदा तीनको मृत्यु, आठ घाइते

दाङ – सल्यानमा मिनी ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु

आजका समाचार : एमालेलाई जग्गादानमा सर्वोच्चको अंकुश, कांग्रेसबाटै घेरिए गृहमन्त्री, रविलाई हिरासतमा नराखी अनुसन्धान गर्न माग

एमालेलाई मीनबहादुरको जग्गादानविरुद्ध सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश   सर्वोच्च अदालतले

कात्तिक १५ देखि १९ सम्म सर्वोच्च अदालत बन्द रहने

काठमाडौं – तिहारको अवसरमा कात्तिक १५ देखि १९ गतेसम्म बन्द

नेपाल र बंगलादेशबीचको फाइनल खेलको टिकट बिक्री स्थगित

काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार हुने