राष्ट्रिय नागरिक पुरस्कारबाट युवा अभियन्ता अर्याल सम्मानित | Khabarhub Khabarhub

राष्ट्रिय नागरिक पुरस्कारबाट युवा अभियन्ता अर्याल सम्मानित


१२ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय नागरिक पुरस्कारबाट युवा अभियन्ता दिवाकर अर्याल पुरस्कृत तथा सम्मानित भएका छन्  । नागरिक समूहद्वारा सोमबार आयोजित राष्ट्रिय युवा तथा सुशासन सम्मेलन एवं राष्ट्रिय पुरस्कार वितरण कार्यक्रममा अर्याल पुरस्कृत तथा सम्मानित भएका हुन्  ।

युवा अभियानमार्फत विश्वभरका युवालाई जोड्न १० वर्षदेखि क्रियाशील अर्याललाई सम्मानित गरिएको नागरिक समूहका अध्यक्ष निगम हुमागाईंले बताए  ।

यसअघि यसै पुरस्कारबाट पूर्व प्रधानन्यायाधीश एवं मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी, वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, उपरथी डा रमीन्द्र क्षत्री (अप्रा, नेपाली सेना) र वरिष्ठ नेत्र विशेषज्ञ डा सन्दुक रूइत पुरस्कृत तथा सम्मानित भइसकेको अध्यक्ष हुमागाईंले बताए ।

पुरस्कार निर्णायक समितिका तर्फबाट बोल्दै एम्नेष्टी इन्टरनेशनल नेपालका पूर्वअध्यक्ष सूर्यबहादुर अधिकारीले ‘ग्लोबल युथ पार्लियामेन्ट’मार्फत विश्वमा नेपाल चिनाइरहेका युवा अभियन्ता अर्याललाई छनोट गर्न पाउँदा गर्व लागेको बताए ।

सम्मेलनलाई सम्बोधन गर्दै पुरस्कृत तथा सम्मानित व्यक्तित्व अर्यालले लामो समयदेखि सामाजिक क्षेत्रमा क्रियाशील नागरिक समूहले योग्य सम्झेर सम्मान गर्दा युवा अभियानलाई अझ सशक्त बनाउने दायित्व थपिएको बताए ।

युवा अभियानलाई समाजप्रति योगदान दिन सक्ने र देशलाई विश्व रङ्गमञ्चमा चिनाउने लक्ष्यलाई प्रोत्साहन मिलेको उनको भनाइ थियो ।

प्रकाशित मिति : १२ कार्तिक २०८१, सोमबार  ७ : १५ बजे

वर्षाका कारण खोटाङमा ७० प्रतिशत धानबालीमा क्षति

खोटाङ– यही कात्तिक १५ गतेदेखि चार दिनसम्म परेको अविरल वर्षाका

लमजुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु

लमजुङ– लमजुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

इतिहास हराएको एउटा अग्राख योद्धा 

मेरा प्रिय दाइमध्येका एक हुन्– नन्दु उप्रेती, जसलाई कुनै समय

‘विश्व रेडियोग्राफी तथा अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस’ मनाईँदै

काठमाडौं– ‘विश्व रेडियोग्राफी दिवस’ तथा ‘अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस’ आज देशभर

के थियो आलममाथिको इँटाभट्टा प्रकरण ?

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमको गएराति निधन भएको