मन्त्री भट्टराईको निर्देशनपछि पशुपतिको आरती अघि राष्ट्रियगान « Khabarhub

मन्त्री भट्टराईको निर्देशनपछि पशुपतिको आरती अघि राष्ट्रियगान


१३ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हिन्दू धर्मावलम्बीको ठूलो धार्मिक स्थल पशुपतिनाथ मन्दिरमा हरेक दिन साँझाको आरतीअघि राष्ट्रिय गान बज्ने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पशुपतिमा साँझमा हुने आरती शुरुहुनु भन्दा अघि अनिवार्यरुपमा राष्ट्रिय गान बजाउने व्यवस्था मिलाउन पशुपति क्षेत्र विकास कोषलाई निर्देशन दिएका थिए ।

मन्त्री भट्टराईले निर्देशन दिएसँगै कोषले आजबाट नित्य आरति अघि राष्ट्रिय गान शुरु गर्ने तयारी गरेको छ ।

मन्त्री भट्टराईले आरती प्रत्यक्ष प्रसारण गर्न यसअघि नै निर्देशन दिइसकेका छन् ।

पशुपतिमा मन्दिर भित्र परापूर्वकालदेखि विहान र बेलेका आरती हुने गरेको छ भने मन्दिरको बाहिर भक्ति संगीतसहितको आरति हुन गरेको छ ।

यो कार्यक्रमको शुरुवात २०६४ सालदेखि भएको हो । हरेक साँझ ६ बजेपछि पशुपति मन्दिरको पूर्वी भागमा भक्ति संगीतमय हुने गरेको छ । जसमा झुम्ने दर्शनार्थीको भीड पशुपतिमा हुने गरेको छ ।

परिवारका सदस्यहरुको जन्मदिन, मृतात्माको चिर शान्तीको कामना र आयु आरोज्ञको कामना गर्दै नित्य आरतीमा संकल्प गर्नेको संख्या पनि बढ्दै गएको छ ।

प्रकाशित मिति : १३ भाद्र २०७६, शुक्रबार  ११ : ५४ बजे

बलात्कारका दोषीलाई साउदी अरबमा ‘शिरच्छेदन’, उत्तर कोरियामा ‘सीधै गोली’, अन्त के छ ?

काठमाडौं- बाराको सिमराकी तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएसँगै

मूल विचार र रणनीतिलाई नजरअन्दाज गर्दा कम्युनिष्ट आन्दोलनले धोका खायो : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले

रविको चिन्ता : घण्टीमा भोट हालेका मतदाता बोल्न थाले हामीलाई गाह्रो हुन्छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारका कामकारबाहीबारे

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा : शिक्षामन्त्री पोखरेल

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा विधेयकलाई सरकारले

‘हामीले बितेका ३५ वर्षको हिसाब खोज्ने होइन, भोलिका ३५ वर्षको योजना बनाउन थालौँ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टी र