इजरायलद्वारा युएनआरडब्लुए प्रतिबन्धित कानून पारित « Khabarhub

इजरायलद्वारा युएनआरडब्लुए प्रतिबन्धित कानून पारित


१३ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इजरायली संसद्ले प्यालेस्टिनीलाई सहयोग गर्ने राष्ट्रसङ्घीय राहत र कार्य एजेन्सी (युएनआरडब्लुए) लाई इजरायलभित्र काम गर्न निषेध गर्ने कानून पारित गरेको सिएनएनले जनाएको छ ।

संसद्मा सोमबार यो विधेयकमा मतदान गरिएको थियो, विधेयकको पक्षमा ९२ र विपक्षमा १० मत परेको थियो । सिएनएनका अनुसार यो कानूनले औपचारिक रूपमा युएनआरडब्लुएलाई गाजा र प्यालेस्टिनी नियन्त्रित पश्चिम किनारका केही भागमा काम नरोके पनि उक्त क्षेत्रमा एजेन्सीको क्षमतालाई सीमित गर्दछ । 

गत वर्ष अक्टोबरमा हमासले गरेको आक्रमणपछि सहयोगका क्रममा युएनआरडब्लुएले इजरायलबाट निरन्तर आलोचनाको सामना गरिरहेको छ ।

सोमबार क्यानाडा, अस्ट्रेलिया, फ्रान्स, जर्मनी, जापान, दक्षिण कोरिया र बेलायतका विदेश मन्त्रीहरूले गाजामा बढ्दै गएको मानवीय सङकटबारे चिन्ता व्यक्त गर्दै इजरायललाई प्रस्तावित कानून रोक्न आग्रह गर्दै संयुक्त विज्ञप्ति जारी गरेका थिए ।

‘युएनआरडब्लुएले गाजा, पूर्वी जेरुसेलम, पश्चिम किनार र क्षेत्रमा प्यालेस्टिनी शरणार्थीलाई आवश्यक जीवन रक्षक मानवीय सहायता र आधारभूत सेवाहरू प्रदान गर्दछ’, विज्ञप्तिमा उल्लेख छ ।

पहिले नै गम्भीर र द्रुत रूपमा बिग्रिँदै गएको मानवीय अवस्था विशेषगरी उत्तरी गाजामा विनाशकारी नतिजाले असम्भव नभएको खण्डमा पश्चिम किनारलाई गम्भीर रूपमा अवरोध गर्ने विज्ञप्तिमा बताइएको छ । 

विधेयक पारित हुनुअघि नै राष्ट्रसङ्घले खाना, आश्रय र स्वास्थ्य सेवामा पूर्ण रोक लगाइएको गाजामा करिब छ लाख बालबालिका जोखिममा पर्ने भविष्यवाणी गरेको थियो ।

प्रतिबन्धले इजरायलले कब्जा गरेको क्षेत्रमा युएनआरडब्लुएको अपरेसनमा बाधा पुर्याउने अनुमान गरिएको छ । 

प्रकाशित मिति : १३ कार्तिक २०८१, मंगलबार  १ : १५ बजे

कांग्रेसका ३ हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस देउवा पक्षको १५औँ महाधिवेशनअन्तर्गत बिहीबारसम्म देशभरका

सीमा अपराध नियन्त्रणमा कडाइका साथ लाग्न महानिरीक्षक पौडेलको निर्देशन

काठमाडौं– सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने अवैध

वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

दमौली– तनहुँमा सामुदायिक वनको वैज्ञानिक तथा व्यवस्थित वन व्यवस्थापनमार्फत तीन

हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो

मनाङ– मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा गएको हिमपहिरोमा हराइरहेकामध्ये