हङकङका प्रजातान्त्रिक अभियान्ता जोसुवा वाङ पक्राउ « Khabarhub

हङकङका प्रजातान्त्रिक अभियान्ता जोसुवा वाङ पक्राउ


१३ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हङकङ– प्रमुख प्रजातान्त्रिक अभियान्ता जोसुवा वाङ पक्राउ परेका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार वाङलाई शुक्रबार बिहान पक्राउ गरिएको हो ।

वाङको डेमोसिस्टो पार्टीले मेट्रो स्टेशनमा हिँड्दै गरेको अवस्थामा हङकङ प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । डेमोसिस्टोले वाङलाई पक्राउ गरेर प्रहरी हेडक्वार्टर लगिएको जनाएको छ ।

हङकङ प्रहरीले भने वाङको पक्राउबारे कुनै प्रतिक्रिया जनाएको छैन । वाङलाई हङकङमा हुने भनिएको पूर्व निर्धारित विरोध कार्यक्रमको अघिल्लो दिन प्रहरीले पक्राउ गरेको हो ।

वाङका अतिरिक्त डेमोसिस्टो पार्टीकी महिला सदस्य इङ्गेज चाउलाई पनि शुक्रबार नै गिरफ्तार गरिएको जनाएको छ ।

यस्तै, अर्का प्रजातन्त्रवादी अभियान्ता एन्डी चानलाई पनि बिहीबार हङकङस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको थियो ।

हङकङमा पछिल्लो ३ महिनादेखि विरोध प्रदर्शन जारी छ । शान्तिपूर्ण आन्दोलनमा प्रशासनले हस्तक्षेप गरेर हिंसा भड्काएको आन्दोलनरत पक्षको भनाइ छ ।

प्रकाशित मिति : १३ भाद्र २०७६, शुक्रबार  ११ : ५८ बजे

चन्द्र भण्डारीले गरे कांग्रेस उपसभापतिमा उम्मेदवारी दर्ता

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. चन्द्रकान्त भण्डारीले पार्टीको १५औँ

धनराज गुरुङले पनि उपसभापतिमा उम्मेदवारी दर्ता गराए

काठमाडौँ– नेपाली कांग्रेसका नेता धनराज गुरुङले १५औँ महाधिवेशनमा उपसभापति पदमा

कांग्रेस १५ औँ महाधिवेशन : भोट माग्ने रोबोट भन्छ- जय नेपाल

काठमाडौं– नेपाली कांग्रेसको जारी १५ औँ महाधिवेशनमा केन्द्रीय सदस्य उम्मेदवार

‘तातोपानी र रसुवागढी नाका सञ्चालनका लागि छलफल भइरहेको छ’ 

काठमाडौँ- पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले तातोपानी र रसुवागढी नाका पुनः

हालजेनलाई भौतिकशास्त्रको नोबेल पुरस्कार

काठमाडौं- बेल्जियममा जन्मेका वैज्ञानिक फ्रान्सिस हालजेनले खगोलीय मूलका उच्च–ऊर्जा न्युट्रिनोको