हङकङका प्रजातान्त्रिक अभियान्ता जोसुवा वाङ पक्राउ « Khabarhub

हङकङका प्रजातान्त्रिक अभियान्ता जोसुवा वाङ पक्राउ


१३ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हङकङ– प्रमुख प्रजातान्त्रिक अभियान्ता जोसुवा वाङ पक्राउ परेका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार वाङलाई शुक्रबार बिहान पक्राउ गरिएको हो ।

वाङको डेमोसिस्टो पार्टीले मेट्रो स्टेशनमा हिँड्दै गरेको अवस्थामा हङकङ प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । डेमोसिस्टोले वाङलाई पक्राउ गरेर प्रहरी हेडक्वार्टर लगिएको जनाएको छ ।

हङकङ प्रहरीले भने वाङको पक्राउबारे कुनै प्रतिक्रिया जनाएको छैन । वाङलाई हङकङमा हुने भनिएको पूर्व निर्धारित विरोध कार्यक्रमको अघिल्लो दिन प्रहरीले पक्राउ गरेको हो ।

वाङका अतिरिक्त डेमोसिस्टो पार्टीकी महिला सदस्य इङ्गेज चाउलाई पनि शुक्रबार नै गिरफ्तार गरिएको जनाएको छ ।

यस्तै, अर्का प्रजातन्त्रवादी अभियान्ता एन्डी चानलाई पनि बिहीबार हङकङस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको थियो ।

हङकङमा पछिल्लो ३ महिनादेखि विरोध प्रदर्शन जारी छ । शान्तिपूर्ण आन्दोलनमा प्रशासनले हस्तक्षेप गरेर हिंसा भड्काएको आन्दोलनरत पक्षको भनाइ छ ।

प्रकाशित मिति : १३ भाद्र २०७६, शुक्रबार  ११ : ५८ बजे

भृकुटीमण्डपमा नेकपाको एकता सन्देश सभा र्‍याली (तस्बिरहरू)

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को एकता सन्देश सभा

राप्ती र नारायणीमा भेटिए नौ भाले घडियाल

नवलपुर– चितवन राष्ट्रिय निकुञ्ज भएर बग्ने राप्ती र नारायणी नदीमा

गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य संकटको जोखिममा

एजेन्सी – संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा करिब

गुल्मीका सरकारी कार्यालयमा जनशक्ति अभाव

गुल्मी– राष्ट्रिय सतर्कता केन्द्रले जिल्लामा अधिकांश सरकारी कार्यालयको सेवा प्रवाह

कोरला सीमामा नेपाल–चीन संयुक्त सुरक्षा गस्ती

मुस्ताङ– उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको (नेपाल–चीन) उत्तरी