युक्रेनको खार्किभमा भएको रूसी हमलामा चार जनाको मृत्यु « Khabarhub

युक्रेनको खार्किभमा भएको रूसी हमलामा चार जनाको मृत्यु


१३ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– युक्रेनको दोस्रो सहर खार्किभको आवासीय क्वार्टरमा मंगलबार भएको रूसी हमलामा कम्तीमा चार जनाको मृत्यु भएको खार्किभका मेयर इगोर टेरेखोभले बताएका छन् ।

उनले टेलिग्राम मार्फत घटनाको जानकारी गराउँदै हमलामा मानवीय क्षति हुनुका साथै  घरहरू क्षतिग्रत भएको उल्लेख गरेका छन् । खार्किभ रूसी सीमाबाट करिब ३० किलोमिटर टाढा अवस्थित छ जसलाई साढे दुई वर्षको युद्धमा रूसी हवाई आक्रमणले ध्वस्त पारेको छ ।

सोमबार भएको रूसी हमलाले डेरजप्रोम भवनलाई क्षति पुर्‍याएको थियो जुन सोभियत युगको प्रारम्भिक आधुनिकतावादी भवन हो । 

स्रोतका अनुसार आक्रमणमा कम्तीमा छ जना घाइते भएका छन् भने एउटा स्वास्थ्य संस्थामा पनि क्षति पुगेको छ ।

 

प्रकाशित मिति : १३ कार्तिक २०८१, मंगलबार  २ : ५२ बजे

अमेरिकी भिसा नवीकरणमा नहुँदा भारतीय कामदार अलपत्र

काठमाडौं – अति दक्ष विदेशी कामदार लक्षित एच–वन–बी नाम दिइएको

मेची भन्सार कार्यालय : पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा– चालु आर्थिक वर्ष वर्ष २०८२–८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

रवि र बालेनले पाँच घण्टा वार्ता गरेको घरका धनी भन्छन्- देशले खोजेको आशाको मिलन भयो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

सन्दीप बीपीएल खेल्न बंगलादेशमा

काठमाडौं – नेपाली लेग स्पिन सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग