इन्डोनेसिया र रूसले संयुक्त सैन्य अभ्यास गर्दै « Khabarhub

इन्डोनेसिया र रूसले संयुक्त सैन्य अभ्यास गर्दै


१३ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इन्डोनेसिया र रूसले अर्को महिना आफ्नो पहिलो संयुक्त सैन्य अभ्यास गर्ने जकार्ताको सेनाले मंगलबार जनाएको छ । यस क्षेत्रको सबैभन्दा ठूलो अर्थतन्त्र इन्डोनेसियाले युक्रेन द्वन्द्व वा वासिङ्टन र बेइजिङबीच तटस्थ विदेश नीति कायम राखेको छ । 

यद्यपि इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबिआन्तोले साहसका साथ अघि बढ्ने वाचा गर्दै गत जुलाईमा भ्लादिमिर पुटिनसँग वार्ताका लागि मस्कोको भ्रमण गरेका थिए । 

इन्डोनेसियाली सेनाले नोभेम्बर ४–९ सम्म सुराबायाको सैन्य आधार नजिकै जाभा सागरमा अभ्यास हुने जनाएको छ । अभ्यास सेनाबीचको महत्त्वपूर्ण द्विपक्षीय अभ्यास भएको इन्डोनेसियाली सेनाले विज्ञप्तिमार्फत जनाएको छ ।  

इन्डोनेसियाका लागि रूसी राजदूत सेर्गेई टोल्चेनोभले अभ्यासको पुष्टि गर्दै अभ्यासले कुनै पनि प्रतिद्वन्द्वी शक्तिलाई लक्षित नगरेको बताएका छन् । उनका अनुसार अभ्यास केवल सेनाको क्षमता बढाउनका लागि मात्र हो । 

पछिल्लो समयमा इन्डोनेसियाले युक्रेनमा रूसले गरिरहेको आक्रमणको शान्तिपूर्ण समाधानका लागि बारम्बार आह्वान गर्दै आएको छ ।

इन्डोनेसियाले गत हप्ता रुस, ब्राजिल, भारत, चीन र दक्षिण अफ्रिकाको नेतृत्वमा रहेको ब्रिक्सको सदस्य बन्ने प्रक्रिया सुरु गरेको विदेशमन्त्री सुगियोनोले बताएका छन्।  

प्रकाशित मिति : १३ कार्तिक २०८१, मंगलबार  ४ : ५५ बजे

सभापतिको तयारीमा जुटे गगन, टिमबारे गरिरहेका छन् छलफल

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापा आगामी पुस २७ गतेदेखि

झापामा दुई मतदानस्थल सारिए, डेढ सय बढी केन्द्र थपिँदै

झापा– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गर्दै

तस्बिरमा हेर्नुहोस्, लुम्बिनी र विराटनगरको प्रतिस्पर्धा

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत बुधबारको खेलमा

महानिर्देशक अधिकारीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा (तस्बिरहरू)

काठमाडौं– नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी लगायत ६ जनाविरुद्ध

प्रशासन कार्यालय सञ्चालनमा आएपछि ८३४ सेवाग्राहीले राहदानी पाए

नेपालगञ्ज– जेन-जी प्रदर्शनपछि अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालयको सेवा सञ्चालनमा