‘विपद्मा परेकालाई सहयोग गर्नेहरूको पार्टीले उच्च मूल्यांकन गर्नेछ’ « Khabarhub

‘विपद्मा परेकालाई सहयोग गर्नेहरूको पार्टीले उच्च मूल्यांकन गर्नेछ’


१३ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

पाटन – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विपद्मा परेकालाई सहयोग गर्नेहरूको पार्टीले उच्च मूल्यांकन गर्ने बताएका छन् ।

नेपाली कांग्रेस ललितपुरको समन्वय र सहजीकरणमा ‘सुखदुःखमा कांग्रेस, सहयात्राको सन्देश’ भन्ने नारासहित आज ललितपुरमा आयोजित राहत सहयोग वितरण कार्यक्रममा उनले विपद्का समयमा भाषण गर्नेभन्दा पनि पीडितहरूलाई सहयोग र समस्या समाधान गर्न लाग्नुपर्नेमा जोड दिए। 

सभापति देउवाले भने,“देशभर विपद्का कारण धेरै नोक्सानी भएको छ, कैयौँले ज्यान गुमाएका छन्, यस्तो अवस्थामा सबै मृतकका परिवारजनप्रति समवेदना प्रकट गर्न चाहन्छु । साथै विपद्का समयमा उद्धार र राहत सामग्री वितरणमा महत्वपूर्ण भूमिका खेल्ने सबैलाई पार्टीको तर्फबाट धन्यवाद दिन चाहन्छु ।”

उनले पार्टीका नेता, कार्यकर्ताका साथै कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई निरन्तर राहत र पुनःस्थापनाका लागि खट्न आग्रह गरे।

पूर्वमन्त्री एवं कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले बाढीपहिरा तथा विपद्का समयमा सहयोग गर्नु आफूलगायत हरेक व्यक्तिको दायित्व भएको बताए। 

कांग्रेस ललितपुरका सभापति जीतेन्द्रकुमार श्रेष्ठले विपद्बाट भएको मानवीय र भौतिक क्षतिमा पार्टी र पार्टीबाट निर्वाचित जनप्रतिनिधिले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए। उनले पार्टीका तर्फबाट बाढीपहिरो पीडितका लागि संकलन गरेको रु दुई लाख २७ हजार पाँच सय पाँच बागमती गाउँपालिका आश्राङमा बाढीले घर बगाएका पीडित परिवारलाई प्रदान गरिएको जानकारी दिए।

कार्यक्रममा बाढीपहिरोबाट मृत्यु भएका ४६ र बेपत्ता पाँच गरी ५१ जनाका परिवारलाई नगद रु २५ हजारका दरले राहत रकम वितरण गरिएको थियो ।

प्रकाशित मिति : १३ कार्तिक २०८१, मंगलबार  ६ : ४२ बजे

रुकुमपश्चिममा जिप दुर्घटनामा १२ घाइते

रुकुमपश्चिम – रुकुमपश्चिमको आठबिसकोट नगरपालिकामा आज साँझ भएको जिप दुर्घटनामा

दक्षिण कोरियाकाअपदस्थ राष्ट्रपति दम्पतीमाथि दोहोरो सजाय

सियोल – दक्षिण कोरियामा सत्ताबाट हटाइएका राष्ट्रपति युन सुक योलसँग

आइपीएल : पञ्जाबले राजस्थानलाई दियो २२३ रनको लक्ष्य

काठमाडौं – पञ्जाब किंग्सले आईपीएलको ४०औं खेलमा राजस्थान रोयल्सलाई २२३

संसद रोकेर अध्यादेश ल्याउनु अलोकतान्त्रिक कदम हो : आङ्देम्बे

काठमाडौं – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संसदको

चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना

चितवन – चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र भएका