प्रभासको ‘साहो’ ले पायो मिश्रित समीक्षा | Khabarhub Khabarhub

प्रभासको ‘साहो’ ले पायो मिश्रित समीक्षा


१३ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बाहुबली र बाहुबली २ जस्ता धमाकेदार फिल्म दिएपछि दक्षिण भारतीय अभिनेता प्रभासको एकाएक चर्चा चल्यो । यो चर्चापछि दर्शकमा एक खालको चासो पनि बढेको थियो ।

यतिबेला प्रभास फिल्म ‘साहो’ लिएर आएका छन् । यो फिल्मले पहिलो दिन ७५ करोडको व्यापार गर्ने अनुमान गरिएको छ । झण्डै २ वर्ष निर्माणमा खर्चेको यो फिल्मले मिश्रित प्रतिक्रिया पाएको छ ।

प्रभासको अघिल्लो फिल्म ‘बाहुबली’ हेरेका दर्शकले ‘साहो’ मन नपरेको प्रतिक्रिया दिएका छन् । यस्तै समीक्षकले पनि फिल्मलाई औसत भनेर समीक्षा गरेका छन् ।

‘बाहुबली’ का कारण पनि प्रभासका फ्यानमा एक खाले आशा व्यक्त थियो । तर कति फ्यानले फिल्म ‘बाहुबली’ जस्तो नपाउँदा आक्रोश पोखेका छन् ।

धेरैले फिल्मको पहिलो हाफ राम्रो भएको र दोस्रो हाफ कमजोर भएको प्रतिक्रिया दिएका छन् । एक दर्शकले लेखेका छन्, ‘दोस्रो भागमा चाहिनेभन्दा बढी एक्सन दृश्य र खराब सीजीआई इफेक्टका कारण फिल्मले निराश बनायो ।’

कतिले त यो फिल्मले आफ्नो पैसाको सत्यानाश भएको पनि लेखेका छन् । यद्यपि फिल्मको ओपनिङ राम्रो भएको भारतीय मिडियाले लेखेका छन् । यस्तै यो फिल्म नेपालमा पनि चर्चामा रहेको छ ।

एक्सन थ्रीलर यो फिल्ममा प्रभास र श्रद्धा कपूरलाई एक्सन अवतारमा देख्न सकिन्छ ।

प्रकाशित मिति : १३ भाद्र २०७६, शुक्रबार  १२ : ३७ बजे

तनहुँ दुलेगौडास्थित एक घरमा आगलागी

दमौली – तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडास्थित एक घरमा आज साँझ

कारको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौं – काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–६ मुलपानी नर्लिङगेटस्थित सडकमा कारको

‘जेरी अन टप’को सुरुवाती व्यवसाय कस्तो ?

काठमाडौं – तिहारलाई लक्षित गरी गत असोज ३१ गतेदेखि प्रदर्शनमा

विपिन जोशीको शव परिवारलाई बुझाइयो

काठमाडौं – प्यालेस्टिनी कट्टरपन्थी समूह हमासको नियन्त्रणमा ज्यान गुमाएका विपिन

तनहुँमा एक पुरुष मृत फेला

तनहुँ – यहाँको व्यास नगरपालिका–४ शितलचोकस्थित भित्री सडकखण्डमा आज साँझ