कृषिको मार्गचित्रसम्बन्धी प्रादेशिक कार्यशाला सम्पन्न « Khabarhub

कृषिको मार्गचित्रसम्बन्धी प्रादेशिक कार्यशाला सम्पन्न


१४ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

कर्णाली– नेपालको पर्यावरणीय कृषिको मार्गचित्रसम्बन्धी प्रदेशस्तरीय परामर्श कार्यशाला सम्पन्न भएको छ ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालय, कर्णाली प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको संयुक्त आयोजनमा भएको कार्यशालामा कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणका लागि मुलुकमा ‘पर्यावरणीय कृषि’ अपरिहार्य भएको बताए ।

कर्णाली प्रदेश योजना आयोगका सदस्य अशोकनाथ योगीले यहाँका परम्परागत कृषि बालीको ‘प्याटेन्ट राइट’ हुनुपर्नेमा जोड दिँदै कर्णालीले विश्वलाई सिकाउने गरी प्राङ्गारिक कृषि उत्पादन र आत्मनिर्भरता आवश्यक रहेको बताए ।

कार्यशालामा सङ्घ, प्रदेश र स्थानीय नीतिमा एकरुपता हुनुपर्ने, नीतिसँग कार्यक्रम र त्यसको कार्यान्वयन, बढ्दो युवा पलायन रोक्न युवामैत्री कृषि नीति, जमिनको वर्गीकरण, स्थानीय बालीको प्रवर्द्धन, बजारीकरण, रासायनिक मल आयातमा निरुत्साहन, एकीकृत पशुपालनबारे गहन छलफल भएको थियो ।

प्रकाशित मिति : १४ कार्तिक २०८१, बुधबार  ८ : ३७ बजे

निर्वाचन ७२ दिन बाँकीः कस्तो अवस्थामा समानुपातिक उम्मेदवार अयोग्य हुन्छन् ?

काठमाडौं – सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

मंगलबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस ८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र