गण्डकीका मुख्यमन्त्री पाण्डेको सम्पत्ति : चार जिल्लामा जग्गादेखि करोडौँ बचतसम्म | Khabarhub Khabarhub

गण्डकीका मुख्यमन्त्री पाण्डेको सम्पत्ति : चार जिल्लामा जग्गादेखि करोडौँ बचतसम्म


१४ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको सम्पत्ति विभिन्न चार जिल्लामा जग्गादेखि बैंकमा करोडौँ रुपैयाँ बचत रहेको देखिएको छ ।

मुख्यमन्त्री पाण्डेले प्रदेश मुख्यमन्त्री कार्यालयको वेबसाइट मार्फत् सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार अधिकांश सम्पत्ति पैतृक रहेको र केही व्यापार व्यवसायबाट आर्जन गरेको देखिएको छ ।

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार उनीसँग गोरखा पालुङटारको वडा नम्बर १ मा ४ कित्ता, काठमाडौं वडा नम्बर ३ मा १ कित्ता र कपिलवस्तुमा २ कित्ता पैतृक सम्पत्ति बापतको जग्गा रहेको छ ।

त्यस्तै मुख्यमन्त्री पाण्डेको भक्तपुरको सूर्यविनायकमा ५ कित्ता जग्गा झण्डै ९ रोपनी रहेको छ । सो जग्गा मोहीबाट कमोत भएको र पारिवारिक सगोलमा नै रहेको सार्वजनिक विवरणमा उल्लेख छ ।

मुख्यमन्त्री पाण्डेसँग ४५ तोला सुन, ७ सय तोला चाँदी, २ सेट हिरा र १ सेट मोतीको गहना रहेको छ । जसको स्रोत उनले पैतृक, जग्गा बिक्रीबाट र तलबमार्फत भनेर उल्लेख गरेका छन् ।

मुख्यमन्त्री पाण्डेको विभिन्न बैंकमा १ करोड भन्दा बढी बचत रहेको र विभिन्न बैंक तथा वित्तीय संस्था र होटेलमा ७५ हजार बढी कित्ता शेयर भएको सार्वजनिक विवरणमा उल्लेख छ ।

त्यस्तै, उनले २०७३ सालमा मारुती बलेरो कार खरिद गरेको समेत आफ्नो सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।

प्रकाशित मिति : १४ कार्तिक २०८१, बुधबार  ११ : ३६ बजे

पश्चिमी मेक्सिकोमा पत्रकारको गोली हानी हत्या

मेक्सिको– पश्चिमी मेक्सिकोमा मंगलबार राति एक पत्रकारको गोली हानी हत्या

कात्तिकमा मात्रै चारवटा गैँडा मृत भेटिए

चितवन– चितवन राष्ट्रिय निकुञ्ज र आसपासको क्षेत्रमा चाडपर्वको समयमा चारवटा

तिहारको बिदामा पनि सर्वोच्च अदालत खुला रहने

काठमाडौं – तिहारको बिदामा पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनको सुनुवाइ

विश्वमा वायुसेवा क्षेत्रको नाफा ५.७, नेपालमा निगमको ऋणब्याज नै १० प्रतिशत

काठमाडौं – व्यवसायिक क्षमता विस्तार र नाफाभन्दा राज्यलाई ऋणभार मात्रै

बालेनको टिप्पणी : देश डुबेको हेर्ने भए सिंहदरबार वैद्यखाना जानू

काठमाडौं- कुनै बेलाको देशकै प्रतिष्ठित सरकारी निकाय सिंहदरबार वैद्यखाना डुब्ने