दुई सरकारी सिमेन्ट उद्योगले बक्यौता तिर्न लिए किस्ताबन्दीको सुविधा  « Khabarhub

दुई सरकारी सिमेन्ट उद्योगले बक्यौता तिर्न लिए किस्ताबन्दीको सुविधा 


१४ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारी स्वामित्वका दुई सिमेन्ट उद्योगहरूले ट्रङ्क तथा डेडिकेटेड फिडरमार्फत विद्युत सेवाबापतको महशुल बक्यौता तिर्ने भएका छन् ।

खासगरी, हेटौँडा सिमेन्ट र उदयपुर सिमेन्ट ट्रङ्क तथा डेडिकेटेड फिडरको बक्यौता महसुल तिर्न किस्ताबन्दीको सुविधा लिने गरी निवेदन दिएको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले बताए ।

यसअघि प्राधिकरणले महशुल नतिर्ने ३४ उद्योगको लाइन काटेको थियो । तर, सरकारी दुई सिमेन्टले महशुल तिर्ने बताउँदै आएका थिए । जसका कारण ती सिमेन्ट उद्योगमा लाइन जोड्नु भने परेन ।

लाइन काटिएका ३४ वटामध्ये हालसम्म १४ वटा उद्योगहरूले बक्यौता तिर्न सम्पर्कमा आएकाले लाइन जोडिएको प्रवक्ता घोषले बताए ।

सरकारी दुई सिमेन्ट कम्पनीले प्राधिकरणले निर्धारण गरेको प्रिमियम महसुलको बक्यौता किस्ताबन्दीमा तिर्न निवेदन दिएका थिए ।

अहिले हेटौँडा सिमेन्टको ३३ करोड ८० लाख ८६ हजार २५० र उदयपुर सिमेन्टको ४४ करोड ७४ हजार ५३३ रुपैयाँ बक्यौता रहेको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०८१, बुधबार  ११ : ४७ बजे

त्रिपुरेश्वरमा बस आगलागीमा जलेका चालकको मृत्यु

काठमाडौँ– काठमाडौँको त्रिपुरेश्वरस्थित सडक छेउमा रोकिएको बसमा भएको आगलागीमा घाइते

प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन

नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै

बाँके– नेपालगन्जस्थित प्रसिद्ध रानी तलाउ तरकारी बजारमा बिक्री हुने तरकारी

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

तनहुँ– तनहुँमा वनलाई नै आर्थिक गतिविधिको आधारका रुपमा अगाडि बढाइएको

एमाले बैठकमा ओलीको अनौठो ‘रूप’ : नेता भन्छन्, ‘इतिहासमै यस्तो देखिएको थिएन’

काठमाडौँ – छ महिनापछि सुरु भएको नेकपा एमाले केन्द्रीय कमिटी