बाबुरामको टिप्पणी- माओवादीलाई ‘प्रचण्डपन्थी’ भनौँ   « Khabarhub

बाबुरामको टिप्पणी- माओवादीलाई ‘प्रचण्डपन्थी’ भनौँ  


१४ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं डा. बाबुराम भट्टराईले अब प्रचण्डले नेतृत्व गरेको गुटलाई ‘माओवादी’ भन्नुभन्दा ‘प्रचण्डपन्थी’ भन्नुपर्ने टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमा बाबुरामले प्रचण्डले क्रान्तिकारी सारतत्व र इतिहास बोकेको आन्दोलन र पार्टीलाई आफ्नो निजी संसदीय सत्ता-स्वार्थको साधनमा परिणत गरेपछि दुर्दशा भएको भन्दै माओवादीलाई ‘प्रचण्डपन्थी’ भन्नुपर्ने बताएका हुन् ।

उनले भनेका छन्- अब प्रचण्डले नेतृत्व गरेको गुटलाई माओवादी भन्नुभन्दा ‘प्रचण्डपन्थी’ भन्नु उपयुक्त होला ।

किनकि माओवादी आन्दोलन केही स्वाभाविक कमीकमजोरी सहित आधुनिक नेपाल राज्य बने यताकै सबभन्दा क्रान्तिकारी र रूपान्तरणकारी आन्दोलन थियो, जसले २०७२ असोज ३ गते जननिर्वाचित संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भएसँगै आफ्नो ऐतिहासिक कार्यभार र औचित्य पूरा गरिसकेको छ ।

त्यसपछि त्यो आन्दोलन (जुन पार्टी मात्र थिएन) लाई हाम्रो प्रस्ताव अनुसार नयाँ युगको नयाँ कार्यभार (जुन तीब्र आर्थिक-सामाजिक रूपान्तरण हुनुपर्थ्यो, अझै हुनुपर्छ) पूरा गर्न बेलैमा नयाँ समाजवादी आन्दोलन र पार्टीमा रूपान्तरण गर्नुपर्थ्यो। परन्तु वैचारिक र सांस्कृतिक रूपले स्खलित भैसकेका प्रचण्डले क्रान्तिकारी सारतत्व र इतिहास बोकेको त्यो आन्दोलन र पार्टीलाई आफ्नो निजी संसदीय सत्ता-स्वार्थको साधनमा परिणत गरेपछि यो दुर्दशा भएको हो ।

अनि केही तथ्यांकका कुरा-प्रचण्डको पार्टीको संसदीय सिटसंख्या ३० हो ३२ हैन । २०७९ को निर्वाचनमा नेसपाका उम्मेदवारले साझा चुनावचिन्ह लिएर जितेको २ सिटलाई समेत कानूनी छिद्रमा टेकेर प्रचण्डले आफ्नो दावी गरेका मात्र हुन् । साथै गोरखा र सर्लाहीका २-२ निर्वाचन क्षेत्रमा प्रचण्डको पार्टीको नाउँमा देखिएको बढी मत नेसपाको उल्लेख्य मत जोडेर मात्र देखिएको हो। त्यो घटाउँदा कति हुन्छ आफैं बुझौँ !

प्रकाशित मिति : १४ कार्तिक २०८१, बुधबार  १ : २१ बजे

एमाले महाधिवेशनः प्रतिनिधि विवाद टुङ्गियो

काठमाडौं – नेकपा (एमाले)को आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनको प्रतिनिधि

राजधानीको यातायात सुधारका लागि आचार्यका १२ सुझाव

काठमाडाैं । देशकै राजधानी तथा अधिकाशं अग्रणी निकाय अवस्थित काठमाडौं

जिल्ला न्यायाधीशको लिखित परीक्षामा २७ जना उत्तीर्ण

काठमाडौं- नेपाल सरकारका७ जना उपसचिवसहित ५६ जना अधिकृत स्तरका कर्मचारीको

नेकपाले ५ पुसमा भृकुटीमण्डपमा एकता सन्देश सभा गर्ने

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीले आगामी पुस ५ गते भृकुटीमण्डपमा

राजेन्द्र पौडेल नेपाल सरकारको सचिवमा बढुवा

काठमाडौं-अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्तासमेत रहेका सहसचिव राजेन्द्र पौडेल सचिव