सरकारी अस्पतालमा विद्युत महशुल छुट दिलाउन मन्त्री पौडेल सक्रिय « Khabarhub

सरकारी अस्पतालमा विद्युत महशुल छुट दिलाउन मन्त्री पौडेल सक्रिय


१४ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं सरकारी अस्पताललाई विद्युत महसुलमा २० प्रतिशत छुट दिन भएको व्यवस्था कार्यान्वयनका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सक्रियता देखाएका छन् । 

नेपाल विद्युत प्राधिकरण विद्युत महशुल संकलन विनियमावली २०७८ मा भएको सरकारी अस्पताल तथा स्वास्थ्य चौकीले पाउने विद्युत महशुल छुटको व्यवस्था लागू गराउन मन्त्री पौडेलले बुधबार मन्त्रीस्तरीय निर्णय गरेका हुन् ।

यस निर्णयले सरकारी अस्पतालहरुमा ठूलो रकम बचत हुने र त्यसलाई स्वास्थ्य सुविधा व्यवस्थापनमा खर्च गर्नसमेत मन्त्री पौडेलले भनेका छन् । 

मन्त्री पौडेलको निर्णयपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले समयमै महशुल भुक्तान गरेर छुट सुविधा लिन मातहतका संस्थाहरूमा पत्राचार गरेको छ । समयमै महशुल भुक्तानी नहुँदा एकातिर लाइन काटिनेसम्मको समस्या हुने र जरिवानासमेत उच्च हुने तर २० दिनभित्रै भुक्तानी हुँदा ठूलो रकम बचत हुने भए पछि यस व्यवस्था मिलाउन निर्णय गरिएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

मन्त्रालयले यससम्बन्धी सबै स्वास्थ्य संस्थामा पत्राचार गरेको मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीले जानकारी दिए । यस व्यवस्था पूर्ण लागू भएमा सरकारी अस्पतालको सेवा विस्तारमा थप श्रोत व्यवस्था हुने देखिन्छ । 

प्राधिकरणले गरेको छुटको व्यवस्था अधिकांश सरकारी अस्पतालले लिन नसकिरहेका बेला मन्त्री पौडेलले यसका लागि सक्रियता देखाए पछि सङ्घीय राजधानी काठमाडौंको कान्ति बाल अस्पतालले २० प्रतिशत महशुल छुट पाएको हो । 

यस अस्पतालले वार्षिक ५० लाख रुपैयाँसम्म यस व्यवस्थाअनुसार बचत गर्न सक्ने मन्त्रालयको तथ्यांकले देखाएको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०८१, बुधबार  ५ : २५ बजे

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

 काठमाडौं– निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

सुन्तलामा रोग लागेपिछ लेखबहादुर भन्छन् – कृषकलाई मौसमले ठग्दो रहेछ

दमौली– ‘पाँच वर्ष कतारमा काम गरेँ, त्यहाँ बस्दा सन्तुष्ट हुन

अरनिको राजमार्गको धुलिखेल–खावा सडकखण्ड विस्तार कार्य तीव्र

काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडकखण्डको स्तरोन्नतिकार्यलाई तीव्रता दिइएको छ

हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु

बागमती– बागमती प्रदेशको राजधानी रहेको हेटौँडाको मुख्य सडक विस्तारका लागि

मुढा बनाउने सीप सिक्दै दिक्तेलका महिला

खोटाङ– बेरोजगार रहेका स्थानीय महिलालाई लक्षित गरी दिक्तेल बजारमा मुढा