‘सरकारको ध्यान सुशासन कायम गर्नेमा केन्द्रित छ’ « Khabarhub

‘सरकारको ध्यान सुशासन कायम गर्नेमा केन्द्रित छ’


१४ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारको ध्यान सुशासन कायम गर्नेमा केन्द्रित रहेको बताएका छन् ।

नेपाल पत्रकार महासङ्घले बुधबार काठमाडौंमा आयोजना गरेको शुभकामना आदान प्रसाद कार्यक्रममा मन्त्री गुरुङले भ्रष्टाचार अन्त्य गरि मुलुकमा सुशासन कायम गर्नेमा सरकारको ध्यान रहेको र यसमा सबैको साथ आवश्यक रहेको बताएका हुन् ।

अहिले मुलुक बनाउने भन्दा पनि लुट्ने र खानेमा केहीको ध्यान केन्द्रित देखिएकाले सञ्चारमाध्यमले सचेत र सजग गराउनुपर्नेमा उनले जोड दिए ।

मन्त्री गुरुङले राजस्व वृद्धिदर, पूँजीगत खर्च बढाउने र मुलुकलाई आर्थिक वृद्धि गर्न सरकारले लिएको लक्ष्यमा समेत सञ्चारमाध्यमले आवश्यक साथ दिनुपर्ने बताए।

अहिले पनि सामाजिक सद्भाव भत्काउने प्रयास भइरहेकाले सबै सजग हुनुपर्ने उनको भनाइ छ । उनले सञ्चारमाध्यमलाई राज्यको नियन्त्रणमा राख्ने सरकारको नीति नरहेको र अव बन्ने कानूनमा स्वमूल्याङ्कनको प्रस्ताव गरिएको उल्लेख गरे ।

प्रकाशित मिति : १४ कार्तिक २०८१, बुधबार  ६ : १८ बजे

बजेट अभावले रोकियो ६ सय वर्ष पुरानो खार्वोक गुम्बाको पुनर्निर्माण

दोलखा- दोलखाको जिरी नगरपालिका–६ स्थित जिरेल समुदायको ऐतिहासिक तथा धार्मिक आस्थाको

मध्यपूर्वमा युद्ध अन्त्य गर्न संयुक्त राष्ट्रसङ्घको आह्वान

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले मध्यपूर्वमा जारी युद्ध तत्काल

सवारी दुर्घटना गराउने चालक २५ देखि ४० वर्ष उमेर समूहका बढी

चितवन- सबैभन्दा बढी सवारी दुर्घटना गराउने चालकको उमेर २५ देखि

झगडा गरेको आरोपमा १८ वर्षीय किशोर पक्राउ

वीरगञ्ज (पर्सा)- प्रहरीले झैझगडामा संलग्न भएको आरोपमा एक जनालाई पक्राउ

इरान जाने क्रममा १४ अफगान आप्रवासी मरुभूमिमा मृत भेटिए

हेरात– इरान पुग्ने प्रयासमा रहेका १४ अफगान आप्रवासी दक्षिण–पश्चिमी अफगानिस्तानको