लक्ष्य सँधै एउटै हो, खेल जित्दै उपाधि उचाल्ने – रोनाल्डो « Khabarhub

लक्ष्य सँधै एउटै हो, खेल जित्दै उपाधि उचाल्ने – रोनाल्डो


१३ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बिहीबार राति यूइएफए च्याम्पियन्स लिगको खेल तालिका सार्वजनिक भएको छ । ३२ टिमलाई युइएफएले ८ समूहमा विभाजन गर्दा इटालीयन जाइन्ट युभेन्ट्स समूह डि मा छ । समूह डि मा युभेन्ट्ससँगै एट्लेटिको मड्रिड, लेभारकुसेन र लोकोमोटिभ मोस्काभ छन् ।

यो सिजनमा युभेन्ट्सले च्यानम्पियन्स लिगमा राम्रो गर्ने दाबी गर्दै आएको छ । अघिल्लो सिजनमा स्पेनबाट इटाली पुगेका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोले च्याम्पियन्स लिगमा समूह निकै टर्फ बताएका छन् ।

उनले विपक्षी टोली एट्लेटिको बलियो रहेको बताउँदै समूह चरणमा राम्रो गर्नु पर्ने बताएका छन् ।

यद्यपी आफ्नो हरके बर्ष एक मात्रै लक्ष्य हुने बताएका रोनाल्डोले यो सिजनमा पनि राम्रो गर्ने बताएका छन् । ‘समूह चरणमा केही गाह्रो हुन्छ । तर, त्यसका लागि हामी तयार छौं । हाम्रो समूहमा एट्लेटिको छ ।

उनीहरुसँग राम्रो टिम छ । राम्रो प्रशिक्षक छन् । त्यो निकै टफ हुन सक्छ । तर, हेर्दै जाउँ के हुन्छ,’ रोनाल्डोले भने,‘मेरो लक्ष्य हरेक बर्ष एउटै रहन्छ । त्यो हो, जतिसक्दो धेरै खेल जित्दै ट्रफी जित्ने ।’

बिहीबार युइएफएले बर्ष खेलाडीका रुपमा लिभरपुलका स्टार डिफेन्डर भिर्गिल भान डायकलाई घोषित गरेको थियो । बर्ष खेलाडीको मनोनयनमा स्टार खेलाडी रोनाल्डोको समेत नाम थियो ।

प्रकाशित मिति : १३ भाद्र २०७६, शुक्रबार  १ : ४४ बजे

अदालतका समाचार तथ्यपरक र सन्तुलित हुनुपर्छ: प्रधानन्यायाधीश शर्मा

काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले न्यायिक विषयवस्तुसम्बन्धी

दुई दिनमा १८ लाख बराबरको ड्रागन फ्रुटको कारोबार

बागमती – हेटौँडामा जारी त्रिदिवसीय ड्रागन फ्रुट महोत्सवमा रु १८

रास्वपाको पदाधिकारीमा दलित, जनजाति र मधेसी समुदायको प्रतिनिधित्व शून्य

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनबाट नयाँ नेतृत्व

प्रश्नबाट भाग्दैनौं, रचनात्मक रूपमा सामना गर्छौं : रवि लामिछाने

चितवन- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सभापति रवि लामिछानेले परिस्थितिले

प्रयाङ्क नाममा मधेशी युवकमाथि दुर्व्यवहार, दुई पक्राउ

काठमाडाैं – प्रयाङ्क भिडियो बनाउने बहानामा एक युवकमाथि दुर्व्यवहार गरेको