अमेरिकी आक्रमणमा सिरियामा कम्तीमा ३५ जिहादीको मृत्यु « Khabarhub

अमेरिकी आक्रमणमा सिरियामा कम्तीमा ३५ जिहादीको मृत्यु


१४ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन । अमेरिकी वायुसेनाले यस हप्ता सिरियामा इस्लामिक स्टेट समूह (आइएस)का कम्तीमा ३५ जना सदस्यलाई मारेको बताएको छ । यो दुवै देशमा कुनै समयमा ठूलो भूभाग नियन्त्रणमा लिएको ती जिहादीहरूका विरुद्ध अमेरिकी र स्थानीय सेनाले गत महिनामा गरेका कारवाहीहरूको शृङ्खलामा पछिल्लो घटना हो ।

“यी आक्रमणले सिरियाली मरुभूमिमा आइएसका धेरै स्थानलाई लक्षित गरेका थिए, जसमा आइएसका वरिष्ठ नेताहरू पनि समावेश थिए”, अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम)ले सामाजिक मिडियामा भनेको छ ।

अक्टोबर २८ मा गरिएका यी आक्रमणमा नागरिक क्षति भएको सङ्केत नभएको सेन्टकमले बताएको छ । “यी हवाई आक्रमणले नागरिकहरूका साथै क्षेत्र र त्यसभन्दा बाहिर अमेरिकी सहयोगी र साझेदारहरूविरुद्ध योजना बनाउने, सङ्गठित गर्ने र आक्रमण गर्ने आइएसको क्षमतामा बाधा पुग्नेछ”, सेन्टकमले भन्यो ।

गत हप्ता अमेरिकी र इराकी सेनाले संयुक्त छापा मार्दा इराकमा आइएसका सर्वोच्च नेतासहित नौ जिहादी मारिएको बताइएको थियो । सेन्टकमले अक्टोबर १८ मा इराकी कारबाहीमा समूहका एक वरिष्ठ नेतासहित अन्य तीन जिहादी मारिएको घोषणा गरेको थियो ।

अगस्टको अन्त्यमा अमेरिकी र इराकी सेनाको संयुक्त अभियानमा इराकको पश्चिमी मरुभूमिमा आइएसका १४ लडाकू मारिएका थिए । सेन्टकमका अनुसार आक्रमणमा समूहका चार नेता पनि थिए । आइएस–विरोधी अन्तर्राष्ट्रिय सङ्घको अङ्गका रूपमा अमेरिकी सेनाले सिरियामा करिब नौ सय र इराकमा दुई हजार पाँच सय सैनिक तैनाथ गरेको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०८१, बुधबार  १० : ३२ बजे

पूर्वसचिव अधिकारीसहित २१ जना र दुई कम्पनीविरुद्ध मुद्दा, ४६ करोड बढी बिगो दाबी

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा

एभरेष्ट चिनी उद्योगमा लक्ष्यभन्दा कम उखु क्रसिङ

महोत्तरी– चालु आर्थिक वर्ष २०८२/८३ को याममा महोत्तरीको गौशाला नगरपालिका-१

५४ अंक बढ्यो सेयर बजार, साढे २३ अर्ब ५९ करोड बढीको कारोबार

काठमाडौं– साताको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा

मौसम पूर्वानुमानमा नयाँ उपलब्धि : चीनले सार्वजनिक गर्‍यो उपग्रह तस्बिर

बेइजिङ- चीन मौसम विज्ञान प्रशासनले शनिबार ‘फेंग्युन–४सी’ उपग्रहबाट प्राप्त पहिलो

बेमौसमी वर्षाका कारण नौ करोड बराबरको काँचो इँटामा क्षति

नेपालगञ्ज- दुई दिनसम्म परेको बेमौसमी वर्षाले करिब नौ करोड बराबरको