प्रहरीद्वारा मेड इन इटाली लेखिएको बन्दुक फेला | Khabarhub Khabarhub

प्रहरीद्वारा मेड इन इटाली लेखिएको बन्दुक फेला


१३ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट– चन्द्रपुर नगरपालिका-५ स्थित राजपेडा गाउँको भित्री बाटोको बाँसघारीबाट मेड इन इटाली लेखिएको बाह्रबोर एक नाले बन्दुक र केही थान गोली प्रहरीले फेला पारेको छ ।

बन्दुक १ थान सहित सोको जंगी राउण्ड (कार्टिज) ४ थान र फायर भइसकेको कार्टिजको खोका ४ थान फेला पारी शुक्रबार बिहान प्रहरीले बरामद गरेको छ ।

अस्थाई प्रहरी पोष्ट तल्लो बजारबाट खटिएको प्रहरीले गस्ती गर्ने क्रममा एक व्यक्ति झोला फालेर फरार भए पश्चात् उक्त झोलामा प्रहरीले उक्त हतियार फेला पारी बरामद गरेको हो ।

फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १३ भाद्र २०७६, शुक्रबार  ३ : २९ बजे

वीरेन्द्रभक्तले यसवर्ष पनि जिब्रो छेडाउने

भक्तपुर – इन्द्रजात्राको अवसरमा मध्यपुरथिमि नगरपालिका–४ बालकुमारी निवासी ३८ वर्षीय

विश्वव्यापी शासन प्रणालीलाई अझ प्रभावकारी र कुशल बनाउनुपर्छः प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्र सङ्घलाई केन्द्रमा

प्रचण्ड भन्छन् : देशलाई योगदान गर्नेलाई अझै राम्रो गर्न प्रेरित गरौँ

ललितपुर – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

गाजामा सर्वसाधारणको मृत्युको एससिओद्वारा ‘कडा निन्दा’

थ्यानचिन – चीन, भारत, रुस र इरानसहितका साङ्घाई कोअपरेसन अर्गनाइजेसन

एमालेमा एकछत्र पकड बनाउने ओलीको योजना, भण्डारी पक्षले फरक दस्तावेज ल्याउने

काठमाडौं– सत्तारुढ दल नेकपा एमालेले विधान महाधिवेशनको तयारी तीव्र पारेको