सीमा बन्द र मध्यपूर्व तनावले अफगानिस्तानको अटो व्यापार प्रभावित « Khabarhub

सीमा बन्द र मध्यपूर्व तनावले अफगानिस्तानको अटो व्यापार प्रभावित


२१ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

स्पिन बोल्दाक- अफगानिस्तानको दक्षिणी सीमावर्ती व्यापारिक केन्द्रस्पिन बोल्दाकमा गाडीका पार्टपुर्जा आयात–व्यापार क्षेत्रीय द्वन्द्वका कारण ठप्प भएको छ । कन्दाहार प्रान्तमा लामो समयदेखि फस्टाउँदै आएको यो व्यापार पाकिस्तानसँगको सीमा बन्द र मध्यपूर्वको तनावले गम्भीर रूपमा प्रभावित भएको हो ।

पाकिस्तानसँगको सीमापार हिंसापछि अक्टोबरदेखि सीमा लगभग पूर्ण रूपमा बन्द हुँदा आयात मार्ग अवरुद्ध भएको थियो । विकल्पका रूपमा इरानको बन्दर अब्बास हुँदै तथा संयुक्त अरब इमिरेट्समार्फत ढुवानी गरिए पनि पछिल्लो मध्यपूर्व युद्धपछि ती मार्ग पनि प्रभावित भएका छन् ।

व्यवसायीका अनुसार जापानलगायत देशबाट आउने पार्टपुर्जा पहिले पाकिस्तान हुँदै स्पिन बोल्दाक पुग्थे, जहाँ गाडी एसेम्बल तथा मर्मतकार्य हुन्थ्यो । तर अहिले ढुवानी लागत अत्यधिक बढेको र आपूर्ति शृङ्खला अवरुद्ध भएको छ ।

व्यवसायी भन्छन्, मध्यपूर्वमा तनाव बढेपछि इरान वरपरको व्यापार मार्ग तथा ‘स्ट्रे‍ट अफ होर्मुज’ हुँदै हुने ढुवानी पनि प्रभावित भएको छ, जसले सङ्कट अझ गहिरो बनाएको छ ।

ढुवानी कम्पनीका अनुसार युएइको प्रमुख व्यापारिक केन्द्र जेबेल अली बन्दरगाहमा ढिलाइ बढ्दै गएको छ । यसका कारण जापान र युएइबीचको नियमित आपूर्ति प्रणालीसमेत प्रभावित भई अवरुद्ध भएको छ ।

स्थानीय व्यवसायीका अनुसार कन्टेनर लागत दुई हजार अमेरिकी डलरबाट बढेर आठहजार डलरसम्म पुगेको छ भने धेरै कन्टेनर युएइ र जापानमै अड्किएका छन् ।

विश्व बैङ्कले अफगानिस्तानलाई बाह्य आर्थिक झट्काको उच्च जोखिममा रहेको देश भन्दै आयात–निर्यात असन्तुलन बढ्दै गएको चेतावनी दिएको छ ।

स्पिन बोल्दाक बजारमा काम गर्ने हजारौँ मजदुर र व्यापारी प्रभावित भएका छन् । कार निर्माण, मर्मत र बिक्रीसम्बन्धी गतिविधि रोकिएपछि धेरैले रोजगारी गुम्ने जोखिम सामना गरिरहेका छन् ।

व्यवसायीले क्षेत्रीय तनाव समाधान भई अन्तरराष्ट्रिय जलमार्ग र सीमा मार्ग पुनः खुल्ने आशा व्यक्त गरेका छन् । रासस
 

प्रकाशित मिति : २१ असार २०८३, आइतबार  २ : १९ बजे

अमेजनले सन् २०२७ मा जर्मनीमा १६ अर्ब युरोभन्दा बढी लगानी गर्ने

बर्लिन- अमेरिकी प्रविधि कम्पनी अमेजनले सन् २०२७ मा जर्मनीमा १६

‘मिस वेलनेस वर्ल्ड २०२६’ का विजेता सन्वीलाई गृहनगरमा स्वागत

जनकपुरधाम- अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा ‘मिस वेलनेस वर्ल्ड २०२६’ की विजेता

विजयादशमीको दौडदेखि गोरखा राज्यसम्म द्रव्य शाहको यात्रा

लमजुङ- नेपाली समाजमा धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व बोकेको विजयादशमी

चाडपर्वमा खानपानजन्य समस्याबाट बच्न चिकित्सकको सुझाव

चितवन- दसैँको बिदामा पनि विशेषज्ञ सेवा दिँदै आएको चितवन मेडिकल

दक्षिणी सीमामा हतियार थप्ने किम जोङ उनकी बहिनीको चेतावनी

सोल- उत्तर कोरियाले दक्षिण कोरियासँगको सीमामा थप हतियार तैनाथ गर्ने