सुरक्षण मुद्रण केन्द्रमा छिटै नयाँ प्रमुख नियुक्त गरिने छ : मन्त्री गुरुङ « Khabarhub

सुरक्षण मुद्रण केन्द्रमा छिटै नयाँ प्रमुख नियुक्त गरिने छ : मन्त्री गुरुङ


१५ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले छिटै नयाँ प्रमुख नियुक्त गरेर सुरक्षण मुद्रण केन्द्रलाई अघि बढाउने बताएका छन् ।

नेकपा एमाले बागमती प्रदेश सम्पर्क कमिटीले बिहीबार काठमाडौंमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा गुरुङले केन्द्रका यसअघिका प्रमुख भ्रष्टाचार प्रकरणमा मुछिएकाले नयाँ प्रमुख खोजेर केन्द्रलाई अघि बढाउन बताएका हुन् ।

उनले नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी, अन्तःशुल्क स्टिकर लगाएत केन्द्रबाट छपाई गर्न सके देशको अर्बौं रकम जोगिने जिकिर गरे ।

समाजवादको लक्ष्य पुरा गर्नका लागि सूचना प्रविधि क्षेत्रलाई प्राथमिकता दिँदै सरकार अघि बढिरहेको उनले बताए । मन्त्री गुरुङले भ्रष्टाचारलाई अन्त्य गर्दै सुशासन स्थापित गर्न सरकारको ध्यान केन्द्रीत रहेको पनि बताए ।

एमाले नेता समेत रहेका गुरुङले पार्टीभित्र भएका कमीकमजोरीलाई सच्चाउँदै अघि बढ्नुपर्ने र कार्यकर्ताहरूलाई देशको शासन व्यवस्थाका बारेमा राम्रोसँग प्रशिक्षण दिनुपर्ने धारणा राखे । 

प्रकाशित मिति : १५ कार्तिक २०८१, बिहीबार  ५ : ५९ बजे

रास्वपालाई शुभकामना दिँदै प्रचण्डले भने- रचनात्मक सहयोग गर्छौँ

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नयाँ सरकारलाई

बालेन्द्रलाई दलको नेता बनाउने प्रस्ताव सर्वसम्मत पारित

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह संसदीय दलको

ललितपुरमा कोरियन प्रविधिमा आधारित कृषि फार्म सञ्चालन 

ललितपुर– ललितपुर महानगरपालिकामा कोरियन प्रविधिमा आधारित कृषि फार्म सञ्चालनमा आएको छ।

केन्द्रीय समितिबाट संसदीय दल गठनको प्रस्ताव सर्वसम्मत पारित 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिबाट संसदीय दल गठनको प्रस्ताव

दोस्रो पटक घण्टी घरमा बालेन्द्र, आजै रास्वपा दलको नेता बन्दै

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक घण्टीघरमा सुरू भएको